२३ बैशाख २०८१, आइतबार

झाडापखालाका बिरामीको चाप बढ्यो


अस्पताल

२६ चैत, रोल्पा । जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ । बदलिँदो मौसमसँगै झाडापखाला, टाइफाइड र ज्वरोका बिरामी बढ्न थालेका हुन् ।

अस्पतालमा दैनिक ८० देखि ९० बिरामी आउन थालेको जिल्ला अस्पतालका डा धनमाया घर्तीले बताउनुभयो । बिरामीमध्ये अधिकांश बालबालिका छन् । बालबालिकामा झाडापखाला, टाइफाडड र ज्वरोको समस्या देखिएको छ । पछिल्लोपटक मौसममा आएको परिवर्तन, दुषित पानीको प्रयोग र बासी खानाका कारण समस्या बढ्दै गएको डा घर्तीले बताउनुभयो । सरसफाइमा ध्यान नदिँदा झाडापखालाको प्रकोप बढ्न थालेको हो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !