२२ बैशाख २०८१, शनिबार

सुरक्षित गर्भपतन सेवा प्रभावकारी बन्दै


गर्भपतन

२९ फागुन, मार्तडी । जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । कम उमेरमा विवाह गर्ने गरेका महिलाको सङ्ख्यामा वृद्धि हँुदै गएकाले उनीहरु नै २० वर्ष कम उमेरका महिलाले गर्भपतन गर्ने गरेको स्थानीय तहका स्वास्थ्य संस्थामा तथ्याङ्क रहेको पाइन्छ ।

खप्तड छेडेदह गाउँपालिका साविकको आटीचौर गाविसको आटीचौर स्वास्थ्य चौकीबाट ४१ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

खप्तड छेडेदह गाउँपालिकामा पर्ने आटीचौर स्वास्थ्य चौकीबाट एक वर्षभित्रमा सुुरक्षित गर्भपतन सेवा लिने महिलाको सङ्ख्यामा उल्लेख वृद्धि भएको छ । सेवा शुरु हुनुअगावै सेवा लिनेको सङ्ख्या कम देखिए पनि विस्तारै महिलाले सेवा लिने क्रममा वृद्धि भएको छ ।

तथ्याङ्कअनुसार हालसम्म ४१ महिला एवं किशोरीको ज्यान जोखिमबाट बचेको पाइएको छ । स्वास्थ्य संस्थाबाट सेवा नपाएको भए धेरै महिलाले असुरक्षित गर्भपतन गराउने गरेको थियौँ सेवा सञ्चालन भएपछि धेरै सजिलो भएको स्थानीय कुशम ओलीले बताउनुभएको छ ।

यसैगरी बूढीगङ्गा नगरपालिकाको देवलसैन र टाँटे स्वास्थ्य चौकीबाट साउनदेखि माघ महीनासम्म जम्मा १०१ महिला तथा किशोरीले सुरक्षित गर्भपतन सेवा लिएको सोही स्वास्थ्यचौकीका अनमी ताराकुमारी शाहीले बताउनुभयो । त्रिवेणी नगरपालिका साविकको कैलाशमाडौँ स्वास्थ्य चौकीमा पनि साउनदेखि माघसम्ममा ५४ महिला तथा किशोरीले सुरक्षित गर्भपतन सेवा लिएको अनमी सावित्री रोकायाले जानकारी दिनुभएको छ ।

गत वैशाखबाट सेवा शुरु भएको कार्यक्रमले स्थानीय महिलालाई निकै सहज भएको स्थानीय महिलाको भनाइ रहेको छ । जिल्लामा सुरक्षित गर्भपतन सेवा निःशुल्क रुपमा सरकारले लागू गरेको एक वर्ष पुगेको छ ।

इच्छा नभएका गर्भ गर्भपतन गराउन आवश्यक महिला तथा किशोरीलाई सुरक्षितरुपमा गर्भपतन गराउने वातावरण तयार पार्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आइपास बाजुरामा जिल्ला संयोजक महेशराज जोशीले बताउनुभएको छ ।

उहाँले गर्भपतन गर्नुपर्छ भन्ने कार्यक्रमको उद्देश्य नभएको तर असुरक्षित गर्भपतनका कारण आमाको स्वास्थ्यमा पर्ने असरलाई रोक्न सहयोग पु¥याउन जिल्ला संयोजक जोशीले बताउनुभयो ।

उक्त कार्यक्रम जिल्लाका साविकका छ गाविसमा लागू भएको छ । सुरक्षित गर्भपतन गर्दा हुने महिलालाई सहज र सेवाका बारेमा स्थानीयस्तरका महिलामा परामर्शका कारण एक वर्षयता स्वास्थ्यकर्मीको सल्लाहअनुसार सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा बढेको कैलाशमाडौँ स्वास्थ्य चौकीका प्रमुख प्रकाशविक्रम शाहीले बताउनुभएको छ ।

टेलिफोन पुनः सञ्चालन

कोल्टी क्षेत्रमा सञ्चार बिहिन बनेको साता दिन बितेको छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये चार वटा स्थानीय तह रहेको कोल्टी क्षेत्र टेलिफोन सेवा र इन्टरनेट सेवाबाट बिच्छेद बनेको सातापछि फोन सेवा पुनः पनि सुचारु भएको छ ।

कोल्टी क्षेत्रका बूढीनन्दा नगरपालिका, जगन्नाथ, स्वामिकार्तिक खापर र हिमाली गाउँपालिका सञ्चार सुविधाबाट बञ्चित भएका हुन् । घाम लागेको दिन मात्रै मोबाइलमा टावर आउने र बादल लाग्दा सञ्चारबिहिन सेवा अहिले भने राति आउने दिनमा जाने गरेको स्थानीय धर्मलाल सुनारले कोल्टीबाट जानकारी दिनुभएको छ ।

उहाँले टेलिफोन नहुँदा स्थानीय तहका काम प्रभावित बनेका छन् । कुनै घटना, दुर्घटना हुँदा प्रहरीलाई खबर गर्न पनि समस्या हुने गरेको स्थानीयको गुनासो रहेको छ । पहिले घाम लाग्दा आउने सञ्चार सेवा अहिले घाम लागेको बेला पनि नआउने गरेको छ ।

उत्तरी क्षेत्रका बुढीनन्दा नगरपालिकाको कोल्टी घोडाकोट, हिमाली गाउँपालिका–६ गुम्लु र हिमाली गाउँपालिका–२ को कोटमा दुई वर्षअघि रिपिटर टावर निर्माण भएका छन् । ती सबै टावर विद्युत सेवा नहुँदा सोलार प्रविधिबाट जडान गरिएका छन् ।

पहिला बिजुली बत्ती र घाम नलाग्दा प्रभावित बनेको सेवा अहिले भने घाम लाग्दा पनि प्रभावित हुँदा आफूहरु चकित बनेको स्थानीय कृष्ण बोहराले बताउनुभएको छ ।

नेपाल टेलिकम बाजुरा शाखा प्रमुख माधव जोशी कोल्टीको टावरमा कन्ट्रोल युनिट खरावका कारण सेवा अवरुद्ध भएको बताउनुभयो । उक्त युनिटमा चर्काे घाममा भएकाले बढी पावर गएका कारण अवरुद्ध हुने गरेको समस्या आउने गरेको जोशीले बताउनु भएको छ । टेलिकमको मर्मत टोली गएर बनाएपछि मङ्गलबारबाट टेलिफोन सेवा पुनः सुचारु भइसकेको टेलिकम प्रमुख जोशीको भनाइ रहेको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !