१४ बैशाख २०८१, शुक्रबार

तपाईको जीवन परिवर्तन गर्नको लागि यी उद्देश्य राख्नुस्


happy
  • व्यक्तित्व विकास

हामीले आफ्नो जीवनमा धेरै गल्ती गरेका हुन्छौं । ती गल्तीलाई मनमा लिएर बस्ने होइन त्यसबाट पाठ सिकेर अगाडि बढ्नु उपयुक्त हुन्छ ।

  • आफूले चाहेको काम गर्ने

आफ्नो इच्छाअनुसारको काम गरियो भने त्यो कामबाट कहिल्यै दिक्क भइँदैन । आफ्नो इच्छा के मा छ, के गर्दा ठिक हुन्छ, के मा आफ्नो दक्षता छ, त्यसैमा काम गर्नु राम्रो हुन्छ ।

  • सम्बन्ध बढाउनुस् /प्रेम गर्नुस्

आफ्नो स्वभाव मिल्ने साथी भयो भने तपाईंलाई रमाइलो लाग्छ । स्वभावअनुसार कसैलाई धेरै साथी भएको मन पर्छ । कसैलाई कम तर साथी बनाउन कन्जुसाइँ भने नगर्नुस् । आत्मविश्वासी बन्नुस् हर कुरामा आत्मविश्वास हुन जरुरी छ । आत्मविश्वास कम भयो भने जे काम गर्दा पनि निर्णय दिन सकिन्न ।

  • इमानदारी बन्नुस्

झुक्काउने, छल्ने काम कहिल्यै नगर्नुस्, यसो गरियो भने तपाईंप्रति विश्वास गर्दैनन् । अरुले विश्सास गरेनन् भने जे काम गर्दा पनि अप्ठ्यारो पर्न जान्छ । इमानदारिता नै सफलताको कडी हो भन्ने कुरा कहिल्यै बिर्सनुहुँदैन । (एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस्

उमेर अनुसार कुन उमेरले कति घण्टा सुत्ने ?

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !