१४ बैशाख २०८१, शुक्रबार

सम्बन्धलाई राम्रो बनाउने ज्योतिष शास्त्रका उपायहरु


love

आधुनिक व्यस्त जीवनमा प्रेम र वैवाहिक सम्बन्धमा धेरै तनावहरु उत्पन्न हुन्छन् । जसकारण सम्बन्ध सोचेजस्तो दीर्घकालिन बन्न सक्दैन । कतिपय अवस्थामा यस पछाडीको कारण चिनाको दोष पनि हुनसक्छ । उज्जैनका ज्योतिषाचार्य पण्डित प्रफुल्ल भट्टले ज्योतिष शास्त्रमा यी समस्याबाट छूटकारा पाउनका लागि केही उपायहरु बताएका छन् । प्रेम तथा वैवाहिक जीवनलाई सुखद बनाउने ती पाँच उपायहरु यस्ता छन् ।

  • प्रत्येक महिनाको पूर्णिमामा आफ्नो प्रेमी या प्रेमिकालाई केही उपाहार दिनुहोस् । यसले दुईबीच प्रेमलाई मजबूत बनाउँछ ।
  • यदि तपाई कसैसँग प्रेम गर्नुहुन्छ भने शनिबार र औंशीको दिन उनीहरुसँग भेटघाट नगर्नुहोस् । यी दिनमा वादविवाद हुने सम्भावना धेरै हुन्छ ।
  • प्रत्येक बिहीबार भगवान् श्रीकृष्णको मन्दिरमा जानुहोस् र गुलियो पान अर्पण गर्नुहोस् ।
  • आफ्नो पार्टनरलाई कालो, निलो या धारिलो चिज उपहारमा नदिनुहोस् । यसले वादविवाद निम्त्याउँछ ।
  • आफ्नो लब पार्टनरलाई लाल, गुलाबी, पहेँलो वा सुनौलो रंगका वस्तुहरु उपहारमा दिनुहोस् । यसले दुई बीचको प्रेम सम्बन्धलाई अझ बढाउँछ । एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !