१४ बैशाख २०८१, शुक्रबार

चौलानीले घटाउँछ बढ्दो उमेरको प्रभाव


choulani

बढ्दो उमेरको प्रभाव छालामा स्पष्ट आउन थाल्छ । योबाट बच्नका लागि मानिसहरु धेरै प्रयास गर्छन् । पार्लरमा पैसा खर्च गर्छन् । बजारमा पाइने महंगा क्रिमहरु प्रयोग गर्छन् । विभिन्न उपचारको सहारा लिन्छन् । बढ्दो उमेरको प्रभावबाट बच्नका लागि केही घरेलु ब्युटी टिप्सहरु निम्नलिखित छन् ।

चौलानीको फेम मास्क
चमलको पानीमा प्रोटिन, भिटामिन र एंटी अक्सीडेन्ट पाइन्छ । यसको प्रयोग छालाको लागि निकै लाभदायक हुन्छ । यसको मास्कले छाला टाइट गर्न मद्दत गर्छ । यसका लागि तपाई एक गिलास चामलको पानीमा एउटा पेपर टावेल १० मिनेटको लागि भिजाउनुहोस् । त्यसपछि त्यो टावेललाई निकालेर आफ्नो अनुहारमा १५ देखि ३० मिनेटसम्मका लागि लगाउनुहोस् । यसपछि त्यसलाई हटाएर सफा पानीले आफ्नो अनुहार धुनुहोस् । तपाई यसको प्रयोग दैनिक गर्नसक्नुहुन्छ । त्यस्तै केराको फेम मास्कले पनि तपाईको त्वचालाई नरम र चम्किलो बनाउन सहयोग गर्छ । यसका लागि तपाईले एउटा केरा र एक चम्ची गुलाब जल मिसाएर पेस्ट तयार गर्नुपर्ने हुन्छ ।

तपाई कफिको पनि फेम मास्क बनाएर लगाउन सक्नुहुन्छ ।
बेसारको फेम मास्क पनि निकै लाभदायक हुन्छ । यसले छालाको रंगलाई सुधार्छ । मृत कोशिकालाई हटाएर चम्किलो निखार दिन्छ । यसका लागि एक चम्ची कस्तुरी बेसार र तीन चम्ची गुलाब जल मिसाउनुपर्छ । त्यसलाई मिसाएर गाढा पेस्ट तयार गर्नुहोस् र अनुहारमा लगाएर २० मिनेट पछि राखेर चिसो सफा पानीले पखाल्नुहोस् । त्यसपछि फरक आफै अनुभूति गर्नुहुनेछ । एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !