१५ जेष्ठ २०८१, मंगलबार

स्वास्थ्यकर्मी ज्येष्ठ नागरिक र बाल स्वास्थ्यमा केन्द्रित


Nepalpatra

२४ मङ्सिर, सुर्खेत । तिला गाउँपालिकाले आफ्नो क्षेत्रमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीलाई ज्येष्ठ नागरिक र बाल स्वास्थ्यमा केन्द्रित हुन भनेको छ ।

गाउँपालिकाका स्वास्थ्य संयोजक तथा चौकी इञ्चार्जसँग आइतबार बसेको बैठकले स्वास्थ्यकर्मीलाई वृद्ध तथा बाल स्वास्थ्यमा केन्द्रित भएर काम गर्न निर्देशन दिने निर्णय गरिएको सो गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले राससलाई जानकारी दिनुभयो, “हामीले यही पुस महीनादेखि गाउँपालिकाका प्रत्येक बस्तीको घरघरमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेका छौ,” उहाँले भन्नुभयो, “आशा गरौं, यसले उनीहरुको स्वास्थ्य सुधारमा सघाउ पु¥याउने छ ।”

उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मीले २२ दिनसम्म फिल्ड जनाएर अनियमित हुन थालेकाले १० दिनको फिल्ड बाहेक अरु सबै दिन स्वास्थ्यचौकीमा हाजिरी हुन निर्देशन गरिएको हो।” त्यस्तै, तिला गाउँपालिकाका प्रत्येक विद्यालयका विद्यार्थीलाई दुई महीनाको एक पटक अनिवार्य स्वास्थ्य परीक्षण गर्न निर्देशन दिइएको अध्यक्ष योगीले बताउनुभयो ।

उहाँका अनुसार इञ्चार्जमार्फत गाउँपालिकामा कार्यरत सबै स्वास्थ्यकर्मी फिल्डमै पुगेर ज्येष्ठ नागरिक तथा विद्यार्थीको स्वास्थ्य परीक्षणका लागि परिचालित हुनेछन् । चिसो समयमा दम न्यूमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगबाट वृद्धवृद्धा र बालबालिका प्रभावित हुने भएकोले यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु