४ जेष्ठ २०८१, शुक्रबार

माङ्सेबुङका पशुमा खोरेत रोगको सङ्क्रमण


Nepalpatra

२४ असोज, मङ्गलबारे । माङ्सेबुङ गाउँपालिकाको गजुरमुखी र इभाङका पशुमा दुई हप्तादेखि खोरेत रोगको सङ्क्रमण देखापरेको छ । सो क्षेत्रका अधिकांश गाई, गोरू, बाच्छाबाच्छी र बाख्रामा खोरेत देखिएको हो ।

धेरैजसो पशुका खुर र मुखमा घाऊ भएको छ । रोग लागेपछि पशुले घाँस खान छाडेको, हिँड्न र उभिन नसकेर लड्न थालेको स्थानीयवासी मित्रप्रसाद न्यौपानले बताउनुभयो । बाहिरबाट ल्याइएका राँगाबाट खोरेत सरेको पशुसेवा प्राविधिक कमल चौहानले बताउनुभयो । गाउँ कार्यपालिकाले अहिले खोरेत नियन्त्रण अभियान सञ्चालन गरेको छ । टोलीले गजुरमुखी र इभाङमा खोप लगाउने काम गरिरहेको छ ।

“खोरेत नियन्त्रण हुँदै गएको छ,” चौहानले भन्नुभयो । रोग देखिएपछि विराटनगरस्थित क्षेत्रीय प्रयोगशालामा पशुको रगत परीक्षण गरिएको थियो । परिक्षणका क्रममा खोरेत भएको पत्ता लागेको थियो । रोग फैलिन नदिन खोप लगाउने काम भइरहेको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !