२४ बैशाख २०८१, सोमबार

विभिन्न रोगहरुमा औषधीको रुपमा कागतीको प्रयोग


कागती

कागती एक प्रकारको रसिलो तथा अमिलो सदाबहार बहुउपयोगी र गुणकारी फल हो । कागती भिटामिन सी को महत्वपूर्ण स्रोत हो । सबै कागतीहरु सर्वगुणकारी हुने भएपनि कागजी कागतीलाई सबैभन्दा राम्रो मानिन्छ । कागतीको जुसले छालालाई सुन्दर र कोमल पनि बनाउछ । कागतीमा रोगको संक्रमणबिरुद्ध लड्न सक्ने गुण हुन्छ । यसले सेता मान्छेमा रक्तकोष उत्पादन गर्न मद्दत गर्छ र रगतलाइ संक्रमण हुनबाट पनि बचाउँछ ।

औषधीको रुपमा कागतीलाई निम्न रोगमा प्रयोग गर्न सकिन्छ ।

१. दाद रोगमा

पाकेको बकाइनोको गेडाको धूलो कागतीमा फिटेर लगाउनाले दाद रोग निको हुन्छ ।

२. घाँटी बसेमा

मनतातो पानीमा कागतीको रस, नून हालेर बिहान/बेलुका गारगल गर्नाले घाँटी बसेको ठीक हुन्छ ।

३. ओठ फुट्ने भएमा

दूधको तरमा कागतीको रस मिसाएर दिनको २/३ पटक ओठमा लगाउनु होस्, ओठ फुटेको निको हुन्छ ।

४. दाद आएमा

हर्रो कागतीको रसमा घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।

५. फियो बढेमा

कागतीको चुकमा ८-१० गेडा मरिच पिनेर बिहान-बेलुका लेप गरेमा ठीक हुन्छ ।

६. अजीर्ण भएमा

छोकडा, मरिच, सिदेनुन, मुनक्का दाख र जीरा बराबर पिनेर कागती हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान/बेलुका खाना खानु अगाडि १\१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।

७. ढाड दुखेमा

दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ढाड दुखेको ठीक हुन्छ ।

८. कपालको रोगमा

कपाल झरेमा, कपाल सेतो भएमा, कपालमा चाया तथा जुम्रा परेमा कागतीको रसमा अमलाको धुलो मिलाएर कपाल धुनाले फाइदा हुन्छ ।

९. डण्डिफोर आएमा

डण्डिफोर हटाउँनको लागि कागतीको रसमा मलाई मिलाएर एक महिनासम्म अनुहारमा लगाएमा डण्डिफोर हट्ने तथा अनुहार चम्किलो हुन्छ ।

१०. शरीर चिलाएमा

शरीरको कुनै भागमा चिलाएमा नरिवलको तेलमा कागतिको रस मिलाएर लगाउनाले चिलाउँदैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !