१४ बैशाख २०८१, शुक्रबार

किसमिसको झोल पिउनुस्, कलेजो र किड्नी सफा पार्नुहोस्


Kissmis

सधैं बिहान किसमिसको पानी पिउनाले शरीरलाई भिटामिन लगायत फलाम पर्याप्त मात्रामा पान्छ । साथै यसमा चिनीको मात्रा पनि कम हुन्छ, यसमा प्राकृतिक एन्टीअक्सीडेन्टको मात्रा बढ्न जान्छ । जसले विरामी हुनबाट बचाउँछ । किसमिस र त्यसको पानीलाई कलेजो र किड्नीको बिरामीलाई निको पार्न प्रयोगमा आइरहेको छ।

किसमिसको पानी लागातार ४ दिनसम्म पिउनाले कलेजो र किड्नीले राम्ररी काम गर्न थाल्छन् र शरीरमा जमेका हानिकारक पदार्थ सबै बाहिर निस्कन्छन् । किसमिस खान स्वास्थवद्र्धक छ भने त्यसको पानी पिउनाले पाचन प्रक्रियालाई दुरुस्त हुन्छ । रगत सफा हुन्छ । एसिडीटी कम हुन्छ । हृदय बलियो हुन्छ र खराब कोलेस्ट्रल टाढा हुन्छ । यो सबै फाइदा किसमिसको पानी पिउन थालेको दुई दिनमा नै देखापर्नेछ ।

किसमिसको पानी बनाउने विधि

किसमिसको पानी २ कप पानीमा १५० ग्राम किसमिस राखेर बनाउन बनाउन सकिन्छ । एउटा प्यानमा सफा पानी उमाल्ने, फेरि त्यसमा सफा किसमिसको धुलो हालेर रातीभर पानीमा छोडिदिनुहोस् । दोस्रो दिन बिहान पानीलाई छानेर दोस्रो चोटी सानो आगोमा हल्का तताएर खाली पेटमा पिउनुहोस् । त्यसपछि २० देखि ३५ मिनेट पर्खेर नास्ता गर्नुहोस् । यसको लागि सधैं गहिरो रंगको किसकिस नै छान्नु उपयुक्त हुन्छ । सफा र चम्किलो किसमिसमा प्रायः रसायन मिलेको हुन्छ । जुन स्वास्थको लागि हानिकारक हुन्छ । यो प्रक्रियालाई लागतार चार दिनसम्म गर्नुहोस् यसको कुनै साइड इफेक्ट हुँदेन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !