४ जेष्ठ २०८१, शुक्रबार

टन्सिलका लक्षण तथा उपचार गर्ने तरिकाहरु


tansil

मौसम परिवतनसँगै विभिन्न किसिमका संक्रमणले आक्रमण गर्ने गर्छ । संक्रमणका कारण शरीरमा दैनिक समस्या आउँछ । जसले शरीरमा समस्या उत्पन्न भई दैनिक कार्य संचालनमा समेत बाधा निम्त्याउँछ । टन्सिलाइटिस पनि एक प्रकारको संक्रमण हो । जुन हाम्रो घाँटीमा हुने गर्दछ । प्राय गरी टन्सिलाइटिस विभिन्न किसिमका किटाणु तथा जीवाणुहरुको संक्रमणले हुने ग्राण्डी अस्पतालका नाक कान घाँटी रोग विशेषज्ञ डा. आन्नद घिमिरे बताउँछन् ।

टन्सिलाइटिस भएपछि घाँटी सुन्निने र दुख्ने गर्छ । यसले गर्दा खान पिउन गाह्रो हुन्छ र बोल्न पनि सहज हुँदैन । यसको जटिल पक्ष भनेको धेरै पटक सम्म टन्सिलाइटिस भयो भने मुटुको भल्व नै बिग्रने सम्भावना बढेर जाने भएकोले समयमै उपचार गर्न र सावधानी अपाउन डाक्टर घिमिरेको सुझाव छ । टन्सिलले हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीमा महत्वपूर्ण भूमिका निभाउने गर्दछ । टन्सिलबाट लिम्फोसाइट र मोनोसाइट नामक दुई कोषको निर्माण हुन्छ जुन हाम्रो रोग प्रतिरोधात्मक क्षमताको महत्वपूर्ण अंश हो ।

यसका साथै टन्सिलले म्याक्रोकाज नामको कोष पनि निर्माण गर्दछ । यो कोषले शरीरभित्र प्रवेश गरेका जीवाणुलाई नष्ट गरेर हामीलाई रोग लाग्नबाट बचाउँछ । कान दुख्ने, टाउको दुख्ने, सम्पूर्ण शरीर गलेको र दुखेको अनुभव हुनु, कब्जियत र पेट दुख्ने समस्या पनि तीव्र टन्सिलाइटिसमा देखा पर्न सक्छन् ।

मुखभित्र हेर्दा टन्सिलहरु सुन्निएका र रातो हुन्छ । कहिलेकाहीँ यी दुई टन्सिल बढेर झण्डै एक अर्कासँग जोडिन पुग्छ । जिर्ण तथा गम्भीर टन्सिललाइटिसमा समय समयमा घाँटी दुखिरहने, घाँटीमा केही अड्केको जस्तो अनुभव भइरहने, मुख मीठो नहुँने र स्वास गन्हाउने जस्ता लक्षण देखिन सक्छन् ।

लक्षणहरु

    • सुरुमा बिरामीलाइ घाँटीमा अप्ठ्यारो हुने ।
    • बिस्तारै ज्वरो आउने ।
    • थुक निल्न नमिल्ने ।
    • खान पिउन अपठ्यारो हुने ।
    • टन्सिलहरु सुन्निएको र रातो रातो देखीने ।
    • पिप बग्ने वा लिम्फमा तन्तुहरु सुन्निने र कडा हुने ।
    • टन्सिल भएपछि बच्चाहरुमा कान पाक्न सक्ने ।
    • घाँटीबाट संक्रमण कानको नलीमा सर्न सक्छ ।
    • टन्सिलाइटिसलाई राम्रोसँग उपचार नगरेमा दीर्घ प्रकृतिको रोगमा परिवर्तन हुन्छ ।
    • बारम्बार घाँटीको संक्रमण भैराखेमा लिम्फोइड तन्तुमा सुक्ष्म पीपहरु बग्न थाल्छ ।
    • नाक र साइनसको बराबर संक्रमण भएमा टन्सिलमा असर पर्छ, नाकको सिँगान वा अन्य रस अगाडि निस्कनको सट्टा पछाडिपट्टि बगेमा पनि यो हुनसक्छ ।

टन्सिलको उपचार कसरी गर्ने ?

    • बिरामीले आराम गर्नुपर्छ र प्रशस्त झोल कुराहरु खानु पर्छ ।
    • चिसो पानी पिउनु हुँदैन ।
    • भिटामिन बि युक्त खानेकुरा खानुपर्छ ।
    • चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ ।
    • टन्सिलको अवस्था हेरी एन्टिवायोटिक समेत खानुपर्ने हुन्छ ।

रोकथाम तथा घरेलु उपचार

  • दैनिक रुपमा मनतातो पानीमा थोरै नुन मिसाएर मुख कुल्ला गर्ने ।
  • तातो पानीको बाफ लिने ।
  • मह मिसाएको मनतातो पानी तथा अन्य झोलीलो पदार्थ पर्याप्त सेवन गर्ने ।
  • घाँटीलाई असर पार्ने तत्वहरू जस्तै– धुवाँ, रसायन वा धुलो आदिबाट जोगिने ।
  • घरबाहिर निस्कँदा न्यानो कपडाले घाँटीलाई ढाक्ने र नियमित माक्सको प्रयोग गर्ने जसले धुलो, धुवाँको एलर्जीबाट जोगाउने गर्दछ ।
  • चिसो र फ्रिजमा राखेका खानेकुराका साथै चिल्लोयुक्त खाने कुराहरु कम खाने गर्नु गर्दछ ।एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !