४ जेष्ठ २०८१, शुक्रबार

धूमपानसम्बन्धी अनौठा तथ्य


smoking
  • सूर्तिलाई कागजमा बेरेर पहिलोपटक ब्राजिलियनहरुले चुरोट बनाएका थिए । क्रिस्टोफर कोलम्बसले क्विन इजाबेलाबाट सूर्तिका पात ल्याएका थिए ।
  • सन् १५५९ मा फ्रान्सका कुटनीतिज्ञ जाँ निकोटले घाउ, दम र क्यान्सर निको पार्छ भनेर पोर्चुगलबाट सूर्तीका बोट ल्याएका थिए । तर, यसले झन् उल्टो असर देखाउन थाल्यो । क्यान्सर जस्ता रोगको प्रमुख कारक बन्यो । सूर्तिमा पाइने निकोटिन नामक तत्व उनै कुटनीतिज्ञको नामबाट राखिएको हो ।
  • सन् १६०० मा अधिकांश देशले चुरोटसेवनलाई गैरकानुनी घोषणा गरेका थिए । टर्कीमा त सूर्तिजन्य पदार्थ प्रयोग गर्नेलाई यातना दिइन्थ्यो या मृत्युदण्ड दिइन्थ्यो । चीनमा टाउको काटेर हत्या गरिन्थ्यो । रुसमा दोस्रोपटक चुरोट सेवन गरेको फेला परे मृत्युदण्ड दिइन्थ्यो ।
  • एउटा चुरोटमा ४,८०० रासायनिक पदार्थ हुन्छन्, जसमा ६० रसायनले क्यान्सर गराउँछन् ।
  • विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा धूमपान गर्नेको संख्या १ अर्ब १० करोड छ । यो प्रवृत्ति कायम रहने हो भने सन् २०२५ सम्ममा धूमपान गर्नेको संख्या १ अर्ब ६० करोड पुग्ने अनुमान गरिएको छ ।
  • सूर्तिजन्य पदार्थको प्रयोगले हरेक वर्ष ६० लाख मानिसको मृत्यु हुने गरेको छ, अर्थात् हरेक ५ सेकेन्डमा एकजनाको मृत्यु हुने गरेको छ । यो एचआईभी, क्षयरोग तथा मलेरियाबाट भएको कूल मृत्युभन्दा निकै बढी हो ।
  • सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार सन् २०१६ मा अमेरिकामा धुमपान गर्नेको संख्या ३७ करोड ८० लाख थियो। अमेरिकी राज्यमध्ये अर्कासान्स, केन्टकी, लुसियाना, मिसिसिपी, मिसौरी, ओहियो, टेनेसी र वेष्ट भर्जिनियामा २१ प्रतिशतभन्दा बढी वयस्कहरु धूमपान गर्छन् ।
  • अमेरिकामा हरेक दिन ४ हजार किशोरले पहिलोपटक चुरोटको स्वाद लिएका ९ अमेरिकामा एक व्यक्तिले बर्सेनि १,५०० देखि ३,३०० डलर खर्च गर्छन् ।
  • धूमपानका कारण अमेरिकामा ३३३ बिलियन डलर स्वास्थ्य सेवामा खर्च भइरहेको छ ।
  • अमेरिका तथा युरोपका केही भागमा धूमपान कानुनी भएपनि तिनीहरुले चुरोट किन्न पाउँदैनन्।
  • अर्को व्यक्तिले गरेको धूमपानका कारण अमेरिकामा मात्र बर्सेनि ५० हजार जनाको मृत्यु हुने गरेको छ ।
  • धूमपानका कारण अमेरिकामा हरेक वर्ष ४ लाख ८० हजार जनाको मृत्यु हुने गरेको छ ।
  • धूमपानले एक मानिसको आयु १३ वर्ष घटाउँछ । अझ एचआइभी संक्रमित छ भने त १६ वर्ष आयु घट्छ ।
  • धूमपानका कारण लाग्ने प्रमुख क्यान्सर हो फोक्सोको क्यान्सर । यसबाहेक ब्लाडर, रगत, बोन म्यारो, पेट, कोलोन, सर्भिक्स, मिर्गौला, कलेजो, मुख, घाँटीजस्ता क्यान्सर लाग्न सक्छन् ।
  • क्यान्सरबाहेक धूमपानले कोरोनरी हार्ट डिजिजको खतरा ४ सय प्रतिशतसम्म बढाउँछ ।
  • विश्वमा प्रतिमिनेट एक करोड चुरोट किनिन्छ र एकदिनमा एक अर्ब ५० करोड चुरोट बिक्री हुन्छ र बर्षमा ५ खर्ब खिल्ली चुरोट किनिन्छ ।
  • हरेक दिन विश्वमा १५ बिलियन चुरोट सल्काइन्छ ।
  • ६९ प्रतिशत धूमपानकर्ताहरुले तत्काल बानी छाड्न चाहन्छन् ।
  • विश्वका कूल धूमपानकर्तामध्ये एकतिहाई चिनिया छन् ।एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !