१४ बैशाख २०८१, शुक्रबार

मृगौलालाई सफा र स्वस्थ राख्ने एक सजिलो उपाय


Ram-Thakuri
राम ठकुरी

मानव शरीरको भित्री अङहरु मध्य मृगौला  एकदमै महत्वपूर्ण फिल्टर हो । यसले हाम्रो शरीरलाई अति नै आवश्यक तत्वलाई राखेर अनावश्यक विकारलाई पिसाब हुँदै बाहिर पठाउन फिल्टरको काम गर्दछ ।
हामीले पानी राख्ने फिल्टर जस्तै यसलाई पनि सफा गर्ने हो भने अझ राम्रोसँग काम गर्ने निश्चित छ । साथै किड्नी सम्बन्धी जटिल समस्याहरुबाट पनि छुटकारा पाउन सकिन्छ ।

यसरी किड्नी सफा गर्नुहोस्

एक सानो मुठा धनीयाको प्रयोग बाट किड्नी सफा गर्ने उपाय प्रस्तुत गरिएको छ ।

एक सानो मुठा धनीया लिनुहोस । राम्रोसँग पखालेर सफा बनाउनुस् । अनि मसिना टुक्रा बनाएर काट्नुहोस् । यसरी तयार भएको टुक्रालाई एक लिटर पानीमा हालेर धिमा आगोमा उम्लिन दिनुहोस् ।

अब यसलाई सेलाउनका लागि छाड्नुस् । सेलाएपछि खाली पेटमा पिउनुस् । तपाईंले तत्काल यसमा भएको उप योगी तत्व को सकारात्मक प्रभाव देख्न थाल्नुहुनेछ । तपाईंको किड्नीमा जम्मा भएर रहेका विकार पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन थाल्नेछ ।

यसरी तयार पारेको एक गिलास पानी हरेक दिन बिहान पिउने हो भने किड्नी सफा रहनेछ । साथै किड्नीसम्बन्धी समस्याहरुले पनि छुन सक्नेछैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !