१९ बैशाख २०८१, बुधबार

यसरी गर्नुहोस् चिनी रोगको सफल उपचार


मधुमेह

तपाईं चिनी रोगदेखि हैरान हुनुहुन्छ । औषधि सेवन गर्दा गर्दा दिक्क हुनुभएको छ । आउनुहोस् आज केही सिकौं केही जानौं । चिनी रोग लाग्नुको पछाडि मुख्य कारण भनेकै हाम्रो खानपान दोषी हो ।

यो शरीर भनेको प्रकृतिको देन हो । हामीले खाना जसरी लापरबाहीपूर्वक गर्छौं भने हामीले पनि यसको परिणाम भोग्नु पर्ने हुन्छ । यो रोगको उपचार औषधि मात्र पनि होइन खानपान पनि एक हो ।

बुझ्नुपर्ने कुरा

शरीरमा जब विभिन्न तत्वहरु जस्तै भिटामिन, मिनारल्स, फाइबर आदि जस्ता तत्वहरुको कमि हुन्छ तब शरीर कमजोर हुन सुरु हुन्छ ।

कमजोरीपनको महसुस प्राय मानिसहरु सजिलै थाहा पाउन सक्दैनन किनकि कमजोरी पनको लक्षणहरु देखिंदा पनि मानिसहरु सामान्य कारणले होला भन्ने सोच्दछन र जब शरीरमा धेरै कमजोरीपन हुन्छ तब शरीरमा अनेकौं समस्याहरु उत्पन्न भइसकेका हुन्छन् ।

हाम्रो भान्सामा हुने मेथी र चनाको माध्यमबाट चिनीको रोग निको हुन सक्छ भन्ने कुरा पत्ता लागेको छ । यो कुनै नौलो कुरा होइन सहि तरिकाले यसको प्रयोग गरेर हामीले स्वास्थ्य लाभ उठाउन सक्ने छौं । तल चना र मेथीको बारेमा प्रकाश पार्नेछौं ।

चनामा के के पाइन्छ ?

चनामा मासुमा पाइने भन्दा बढी पोषक तत्वहरु रहेको हुन्छ । जस्तै प्रोटिन, फाइबर, फ्याट, कार्बोहाइड्रेट, क्यालसियम, मेग्नेसियम, आइरन, फोस्फरोस, पोटासियम, भिटामिन बी, कोलीन जस्ता थुप्रै तत्वहरू हामीले नियमित भिजाएको चनाको सेवनबाट प्राप्त गर्न सक्ने छौं ।

मेथीको फाइदाहरु

मेथीको दानामा आइरन, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, सोडियम, जिंक, फोस्फरोस, फोलिक एसिडजस्ता मिनरल्सका साथै भिटामिन ए, बी र सी पनि पाइन्छन् ।

यसका साथै, यसमा भरपूर मात्रामा फाइबर्स, प्रोटिन, स्टार्च, सुगर, फस्फरोस एसिडजस्ता पौष्टिक तत्व पाइन्छ । मेथीको दानामा अत्यधिक पौष्टिक तत्व पाइन्छन् । यसलाई राती भिजाएर बिहान खाली पेटमा मज्जाले चपाएर खाँदा र यसको पानी पनि पिउँदा सुगरको रोगमा राम्रो फाइदा हुन्छ ।

मेथीको दानामा पोटासियम काफी मात्रामा पाइन्छ जसले शरिरमा सोडियमको मात्रा नियन्त्रण गर्दछ र रक्तसञ्चार राम्रो बनाउन र मुटु स्वस्थ राख्न मद्दत गर्दछ । मेथीका अन्य फाइदा बारे पनि प्रकाश पारिएको छ ।

१. मेथीमा पाइने एन्टिब्याक्टेरियल पदार्थले हामीलाई रुघाखोकी र भाइरल ज्वरोबाट बचाँउछ ।

२. मेथीमा प्रशस्त मात्रामा फाइबर पाइने हुनाले नियमित यसको सेवनले शरिरको फ्याट घटाउन मद्दत गर्दछ ।

३. मेथीमा भरपुर मात्रामा फाइबरको साथै एन्टिअक्सिडेन्ट पाइन्छ जसले बिकारयुक्त पर्दाथहरु बाहिर निकाल्न र पाचन प्रणाली राम्रो बनाउन मद्दत गर्दछ ।

४. मेथी दाना सेवन गर्नाले शरिरमा एसिड लेवल नियन्त्रण गर्दछ जसले एसिडिटीको समस्या टाढा राख्दछ ।

५. मेथीमा पाइने एमिनो एसिडले शरिरमा इन्सुलिनको मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ जसले डायविटिज हुने सम्भावना कम गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !