६ बैशाख २०८१, बिहिबार

ग्रीनसिटी अस्पतालमा ३० किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया


ग्रीनसिटी अस्पताल

काठमाडौँ । ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबास गर्दै आएकी रीता शेर्पाको ३० किलोग्राम बढी तौलको ट्युमरको सफल शल्यक्रिया गरेको जानकारी दिएको हो ।

अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आर्थिकरूपमा कमजोर शेर्पाको निःशुल्क शल्यक्रिया गरेर नयाँ जीवन प्रदान गरिएको जानकारी दिए । ग्रीनसिटी अस्पतालले शेर्पालाई भएजस्ता जटिल प्रकृतिका रोगको शल्यक्रिया निःशुल्क गर्दै आएको अध्यक्ष टण्डनले बताए ।

उनको शल्यक्रियामा संलग्न डा रुपा झाले बिरामीको शल्यक्रिया गर्दा तत्काल अन्य जटिलता नआओस भनेर सावधानी अपनाइएको पनि जानकारी दिए । बिरामीको अवस्था अहिले सामान्य रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !