२४ बैशाख २०८१, सोमबार

देशभरका बन्द अस्पताल खोल्न नेपाल चिकित्सक संघ सहमत


नेपाल चिकित्सक संघ

काठमाडौँ । नेपाल चिकित्सक संघ देशभरका बन्द अस्पताल खोल्न सहमत भएको छ । नेपाल चिकित्सक संघ पूर्वघोषित आन्दोलन फिर्ता लिन सहमत भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आइतबार बिहान भएको वार्तामा जारी आन्दोलन फिर्ता लिएर अस्पताल खोल्ने बारेमा सहमति भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । यसबारे केहीबेरमै औपचारिक जानकारी दिइने मन्त्रालयको जनाएको छ ।

यसअघि हिजो नेपाल चिकित्सक संघले चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आज आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेकोले उपचारका लागि अस्पताल आएका बिरामी अलपत्र परेका थिए ।

संघले हिजो देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालबाट प्रवाह हुने आकस्मिकबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको थियो ।

संघका अध्यक्ष डा. लोचन कार्कीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाप्रति सङ्घले गम्भीर ध्यानकर्षण भएको बताएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !