१४ बैशाख २०८१, शुक्रबार

थप ३ जनामा हैजा देखियो, काठमाडौँ उपत्यकामा हैजा पुष्टि हुनेको संख्या पुग्यो १७


हैजा

काठमाडौ । काठमाडौँ उपत्यकामा आज थप ३ जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने ५ जनाको उपचार भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !