१५ बैशाख २०८१, शनिबार

मंकीपक्स भाइरस कति खतरनाक छ ?


मंकीपक्स भाइरस

मंकीपक्स भाइरस अफ्रिका देशको लागि सामान्य भएपनि यसको असर अन्य देशमा पनि फैलिन थालेको छ । अमेरिका, क्यानाडा र अन्य युरोपेली देशहरुमा क्रमश: यो रोगले आफ्नो प्रभाब पार्न थालेको कुरा अन्तर्राष्ट्रिय समाचारले पुष्टि गरेको छ । रोग चाहे सानो होस् वा ठूलो समयमा यसबाट बच्नु नै बुद्धिमानी ठहरिनेछ ।

हुनत: यो रोगले खासै त्यति असर त गरेको छैन । तर पनि गरि हाले के गर्ने भन्नेबारे सबैलाई जानकारी हुन आवश्यक छ । तर यो भाइरसबाट डराउनुपर्दैन भन्ने केहीको मत छ । ब्रिटेनका राष्ट्रिय संक्रमण सेवाका उपनिर्देशक निक फोनको भनाइ अनुसार मंकीपक्स भाइरस त्यति चाडै फैलिदैन यसमा ढुक्क भए हुन्छ भनेका छन् ।

साउथेम्प्टन विश्वविद्यालयका वैश्विक स्वास्थ्य सम्बन्धी रिसर्च गर्ने सिनियर रिसर्चर माइकल हेडका अनुसार वर्तमान समयमा यो जस्ता भाइरस फैलिनुका कारण जान्न आवश्यक छ । तर यस्ता भाइरस कोरोना भाइरस जस्तो खतरनाक भाइरस नभएको यो भाइरसबाट त्यति डराउन नपर्ने उनको भनाई छ ।

पहिलोपल्ट जब कोरोना भाइरस फैलदा थाहै नभई एक्कासी देखिएको थियो तर यो भाइरस भने पहिलेदेखि नै अफ्रिकामा देखिएको छ । यो रोगको उपचार औषधि भ्याक्सिन छ । पहिलोपटक जब यो भाइरस फैलिदाको अनुभव अफ्रिकी चिकित्सकहरूलाई छ । यस्ता रोगको उपचार समयमा गर्न सके यो जस्ता रोग फैलिनबाट रोक्न सकिन्छ भन्ने धेरैको मत छ ।

हुनत: रोग सामान्य भएपनि यसलाई हल्का रूपमा लिनु हुदैन । रोगको रोकथामका लागि तयारी अवस्थामा बस्नु राम्रो हुनेछ । नयाँ नयाँ भाइरस आइ नै रहने हुनाले समयमा यसबाट देशका जनतालाई बचाउन सरकारले अग्रिम तयारी गरेको हुनुपर्छ । भाइरसलाई सामान्य रूपमा लिँदा कोरोना भाइरस जस्तो नहोला भन्न सकिदैन । यस्ता भाइरस सर्नबाट रोक्न अफ्रिकाबाट आउने जानेहरुको स्वास्थ्य परिक्षण गर्न आवश्यक हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !