१४ बैशाख २०८१, शुक्रबार

ज्वानो एक फाइदा अनेक


ज्वानो

आज मैले ज्वानोको विषयमा लेख्न गइरहेको छु । ज्वानो सुत्केरी अवस्थामा दिनाले आंग कस्नुको साथै दूध बढाउने कुरा अधिकांशलाई थाहा छ । तर ज्वानोबाट अन्य थुप्रै खालका रोग निको हुने कुरा थाहा नभएको हुन सक्छ । हाम्रो भान्सामा यस्ता अनेकौं मानव स्वास्थ्यमा उपयोग हुन सक्ने खालका औषधि छन् जसको प्रयोगले ठुल्ठूला रोग निको बनाउन सकिन्छ ।

हामी यति धेरै परनिर्भर पनको सिकार भयौं कि हामीले आफ्नो भान्सामा भएको औषधि नै भुलेर बाहिरको औषधिको पछाडि लाग्न थाल्यौ । यो दु:खद हो भन्दा खासै फरक नपर्ला । राम्रो बस्तुको उपयोग गर्न जानेनौं यो सुखद कुरा हैन । कुनैपनि वस्तुको सहि उपयोग गर्न सके बहुमुल्य औषधि हाम्रो यत्रतत्र सर्वत्र छरिएर रहेको विगत लामो समयदेखि भन्दै आएको छु ।

हाम्रो पश्चिमी शिक्षा लिएका छौं । यो शिक्षाले जुन कुरा सिकायो त्यो तिमी केही नगर, हामी सबै पुराइ दिन्छौं । तर हामीले परम्परालाई त्यागेर आधुनिक युगमा प्रवेश गरेका छौं । तलदेखि माथिसम्म जडिबुटीको शिक्षा दिन सकेको खण्डमा मानिस निरोगी हुने पक्का छ । यस्तो कार्यमा कसैको ध्यान नपुग्नु दु:खको कुरा हो ।

आज मैले नागरिकको ज्ञान बढाउन र भान्साको औषधि प्रयोग गर्न ज्वानोबाट उपचार गर्नेबारे प्रकाश पार्न गई रहेको छु । ज्वानो हाम्रो नेपालमा उत्पादन हुन सक्ने बस्तु हो यसको उपयोग धेरै पहिलेदेखि औषधिको रूपमा प्रयोग हुदै आएको छ ।

दैनिक जीवनमा ज्वानोको उपयोग

अमिलो पानी आएमा

ज्वानोलाई पाउडर बनाउने र मनतातो पानीमा थोरै बिरेनुन राखेर खानापछी आधा चमच १०,१५ दिन खानाले यो रोग निको हुन्छ ।

दमको रोगमा

ज्वानो गरम पानीसित खानाले शरीर तातो भएर योगमा कफ पग्लनाले राम्रो फाइदा हुन्छ ।

आमाको दूध बढाउन परेमा

ज्वानोको सुप बनाएर नियमित सेवन गराउनाले दुग्ध उत्पादकमा राम्रो भुमिका निभाउदछ ।

पेट दुख्ने भएमा

ज्वानो र थोरै सिधेनुन गरम पानीसंग खानाले पेट दुख्न निको हुन्छ ।

जोर्नी दुख्ने रोगमा

ज्वानोको तेलले मालिस गर्नाले निको हुन्छ ।

भाइरस सक्रमणमा

गरम पानीमा ज्वानोलाई उमाल्ने र दालचिनी मिश्रण गरेर ३ पटक खान दिने निको हुन्छ ।

रक्सी छोड्न मन भएमा

ज्वानो दैनिक मुखमा राखेर चपाउनाले रक्सीको लत छोडाउन सक्छ । खाने मनलाई हटाउन यसको ठूलो भूमिका छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !