१५ बैशाख २०८१, शनिबार

कोरोनाको उपचारमा प्रयोग गर्ने सकिने उत्तम औषधि रुधिलो


रुधिलो

कोरोना भाइरस पनि एक प्रकारको श्वास-प्रश्वाससंग सम्वन्धित भएको भाइरस हो । यो रोगमा प्रयोग गर्न सकिने असुरोपछिको उत्तम औषधि रुधिलो पनि एक हो । यस्ता महत्वपूर्ण औषधिबाट उपचार गराउन सके नसोचेको सफलता हात लाग्ने देखिन्छ ।

जाडो मौसममा हुन सक्ने निमोनिया, दम, रूघाखोकी, टन्सिल, ब्रोन्काइटिस जस्ता समस्याबाट ग्रस्त हुने मानिसको संख्या आजकल दिन-प्रतिदिन बढ्दै गएको छ । चिसोका कारण बिरामी परेर अस्पताल र स्वास्थ्य केन्द्रहरूमा पनि प्रभावितहरूको संख्या बढिरहेको देखिएको छ । भाइरसको उपचार गर्न सजिलो जडिबुटीबारे प्रकाश पार्दैछु ।

यो भन्दा पहिले पनि कोरोना भाइरस जस्ता रोगको प्रकोपबाट बचाउन सक्ने‌ कुनै पनि औषधि नभएको अवस्थामा घरेलु औषधिबाट यस्ता रोगको उपचार हुन सकेमा ठूलो उपलब्धि हुन सक्ने देखिन्छ । यस्ता रोगको उपचार जडिबुटीबाट गर्ने राम्रो जानकारी हुन नसक्दा नेपालीहरू महंगो औषधि खरिद गर्न बाध्य छन् ।

चिसो मौसममा सबैभन्दा बढी देखिने समस्या हो, रूघाखोकी । चिसोका कारण नाकबाट पानी बग्ने, सुख्खा खोकी लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने, घाँटी खसखसाउने, हाच्छिँउ आउने, खान मन नलाग्ने, थकाइ महसुस हुने लगायतका समस्या देखिन्छ । चिसोबाट बच्न सके रूघाखोकीबाट बच्न सहज हुन्छ ।

चिसोबाट बच्न र रूघाखोकीबाट छुटकारा पाउनका लागि विश्वसनीय औषधि नभएको अवस्थामा जडिबुटी प्रयोग गर्न सकिन्छ भने यसले स्वास्थ्यमा कुनै साइड इफेक्ट विना रोग निको बनाउन सक्ने देखिन्छ । केही यस्ता घरेलु औषधिहरू छन् जसको प्रयोग आधुनिक उपचार एलोपैथिकका कारण आज लोपोन्मुख हुदै गएको देखिन्छ । चिसो मौसम परिवर्तन हुने वेलामा लाग्ने यस्ता रुघाखोकीबाट बच्न घरेलु औषधि रुधिलोले ठूलो भूमिका निभाउने निश्चित छ ।

रुघाखोकीको घरेलु औषधि रुधिलोको उपयोग कसरी गर्ने भन्ने कुराको जानकारीको अभावमा सस्तो सर्बसुलभ औषधि त्यसै खेर गइरहेको देखिन्छ । हाम्रो गाउँघरमा पाइने रुधिलोलाई पानीमा पकाएर हरेक दिन यसको सुप खान सके रुघाखोकी र चिसोबाट निम्तिने जस्तोसुकै श्वास-प्रश्वास सम्बन्धी समस्या समाधान हुन्छ ।

रूघाको उपचारमा प्रयोग गर्न सकिने अन्य औषधि यस्ता छन्

१. हरेक दिन बिहानै खाली पेटमा ३ ग्राम जति बेसार, रूदिलोको पात र खस्रो चिनी राखेर चिया जस्तै गरि खाएमा उपरोक्त समस्या हल गर्दछ ।

२. तुलसीको पात, रूदिलोको पात, क्यामुनाको पात समभाग मिलाउने र पकाउने स्वादको लागि थोरै चिनी राखेर पिउनाले राम्रो फाइदा गर्दछ वा रुघाखोकीबाट बच्न तुलसीको ४/५ वटा पातलाई नियमित महमा मिसाएर खाएमा पनि रूघाखोकी निको हुन्छ ।

३. ज्वानो, वेसार, अदुवा मिसाएर पानीमा पकाएर हरेक दिन बिहान बेलुका आधा गिलास खाने गरेमा पनि रुघाखोकी निको हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !