७ बैशाख २०८१, शुक्रबार

१० एमएमसम्मको पत्थरी फाल्ने सरल घरेलु उपचार


पत्थरी

गहत लगायत आयुर्वेदिक औषधि खानाले पत्थरी फाल्छ भन्ने कुरा अधिकांश नेपालीलाई थाहा भएको कुरा हो । आज हामीले गहत र अन्य औषधिबाट किड्नी स्टोनको उपचार कसरी गर्ने भन्नेबारे प्रकाश पार्नेछौं । पत्थरीको उपचार गर्दा हमेसा कडा औषधि प्रयोग गरेको पाइन्छ । घरेलु औषधिमा जडिबुटीबाट बनेका औषधि लगायत गहत पनि एक हो ।

पथरीको उपचार कसरी गर्न सकिन्छ भन्ने जानकारी पाउनु आवश्यक छ । गहतमा भिटामिन ए पाइने भएकाले पत्थरी बन्नबाट रोक्ने काम यसले गर्दछ । कुनैपनि आयुर्वेदिक औषधिसंग गहत सेवन गराउनाले पत्थरी चाँडो फाल्ने काम गर्दछ । हाम्रो विचार सस्तो सुलभ आफ्नै घरमा भएको औषधि नदिएर हामीले महंगो औषधि सेवन गराउदछौं ।

पत्थरी हुँदा के खाने ?

१. पत्थरी हुँदा गहत, खरबुजो, मूला, अमला, मूंङको दाल, चौलाई भाजी खाने । दैनिक ७,८ गिलास पानी दैनिक पिउनु पर्दछ ।

पत्थरीको उपचार ८,९ एमएमसम्मको Kidney Stone यो उपचारले फाल्दछ ।

पत्थरीमा के नखाने ?

१. मासको दाल, मेवा, चक्लेट, माछा मासु, चिया, भेण्टा, टमाटर आदि खानु हुदैन ।

उपचार

१. गहतको दाल २५० ग्राम ल्याउनुहोस् । राती ३ लिटर जति पानीमा भिजाएर राख्नुहोस् र बिहानै हल्का आगोमा ४ घण्टा पकाउनुहोस् र शुद्ध घिउले झान्नु होस् त्यसमा कालो मरिच, सिधेनुन, जीरा, हलेदो हाल्नुहोस् १० एमएमसम्मको पत्थरी झार्दछ ।

२. स्टोनिल टेब्लेट १,२ टेब्लेट दिनमा ३ पटक पानीसंग खाने ।

३. स्टोनिल सिरप सिरप दिनमा ३ पटक १०.१५ मिली समभाग पानीमा राखेर खाने ।

४. Divitinex Capsule ३ पटक १,१ क्याप्सुल दिनमा ३ पटक खाने ।

५. पानी प्रशस्त पिउनु पर्नेछ ।

६.विहान १०,१५ मिनट उफ्रने गरेमा चाँडो पत्थरी पिसावको माध्यमबाट झर्ने छ ।

नोट : यस्ता सामान्य औषधिको प्रयोगबाट पत्थरीमा धेरै फाइदा गर्ने देखिन्छ । थप जानकारी चाहिएमा ०७८-४१००२९ मा सम्पर्क गर्न सक्नु हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !