६ बैशाख २०८१, बिहिबार

एमबिबिएस डाक्टर नहुँदा आइसोलेशन सञ्चालन समस्या


बाँकेमा उपचाररत ३० कोरोना संक्रमित सिकिस्त

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकालाई एमबिबिएस डक्टर नहुँदा अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्न समस्या भएको छ । नगरपालीकाद्वारा यसअघि एमबिबिएस डक्टरमार्फत गाउँबाटै सेवा दिने भनिए पनि अहिलेसम्म पदपूर्ति हुन नसक्दा समस्या भएको हो ।

पाँच शय्याको कोभिड अस्थायी अस्पताल सञ्चालन गर्न परिपत्र गर्दै आर्थिक वर्षको शुरुमै सङ्घीय सरकारले रु १० लाख पठाए पनि चिकित्सकका अभावले उक्त कार्य पूर्ण हुन नसकेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

यस अघि नगरपालिकाले चिकित्सक पदपूर्तिका लागि गरेको विज्ञापनमा एक जनाको मात्रै निवेदन परेकामा उक्त व्यक्ति अन्तर्वार्तामा नआउँदा पदपूर्ति हुन नसकेको जनाइएको छ । सिंहले चिकित्सक नभएको र आइसोलेशन सञ्चालन गर्ने अधिकार नगरपालिकालाई नभएकाले पूर्ण रूपमा तयार रहँदारहँदै पनि अहिले सञ्चालन हुन नसकेको स्पष्ट गर्नुभयो । उहाँका अनुसार घोडाघोडी –३मा रहेको दरख स्वास्थ्यचौकीमा स्थापना गरिएको कोभिड अस्पतालमा १० शय्याको आइसोलेशन सञ्चालन गर्ने भनिए पनि चिकित्सकको विज्ञापनपछि निवेदक नै अन्तर्वार्तामा उपस्थित भएनन् ।

अहिले जटिल प्रकृतिका सङ्क्रमित सम्पर्कमा आउँदा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पठाउनुपर्ने बाध्यता छ । नगरपालिकाले एक चिकित्सक, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगीको पदपूर्तिका लागि गरेको विज्ञापनमध्ये अन्यको भने पदपूर्ति भएको र चिकित्सक ल्याइने प्रयास जारी रहेको सिंहले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमित पत्रकार बढ्दै
कैलालीका पत्रकारमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । हालसम्म नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष हिमाल जोशीलगायत ११ पत्रकारमा भाइरस सङ्क्रमण देखिएको हो । सङ्क्रमण देखिएका पत्रकारहरूमध्ये प्रायः होम आइसोलेशनमा बसेको पत्रकार महासङ्घ कैलालीका अध्यक्ष जोशीले जानकारी दिनुभयो । उहाँले कोरोना सङ्क्रमणको बेला सचेत रहेर सूचना स्रोता पाठकमाझ पु¥याउनुपर्ने बताउनुभयो ।

एघार पत्रकारमा सङ्क्रमण देखिएपछि अन्य पत्रकारलाई सचेत भएर समाचार सङ्कलन गर्न तथा सङ्क्रमित पत्रकारको उपचारमा ध्यान दिन सरोकार निकायलाई पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले आग्रह गर्नुभयो । अध्यक्ष रावलले हरेक अप्ठ्यारो परिस्थितिमा जनतामाझ सत्यतथ्य समाचार पु¥याउनु पत्रकारिताको धर्म भए पनि सुरक्षित भएर धर्म निर्वाह गर्नुपर्ने बताउनुभयो ।

कोरोनाबाट सङ्क्रमित कैलालीका पत्रकार तेज भट्टले कोरोनालाई लापरबाही ढङ्गले नबुझ्न र सरकारले पालना गर्न सुझाव दिएका सुरक्षाका उपाय अपनाउन आग्रह गर्नुभयो । यस्तो अवस्थामा सकभर थलामा नगई बहुप्रविधिको प्रयोग गरेर सूचना सङ्कलन गर्नुपर्ने उहाँको सुझाव छ ।

कैलालीमा सङ्क्रमित पत्रकारहरू बढेकामा पत्रकार सम्बद्ध सङ्गठनले पनि चिन्ता व्यक्त गरेका छन् । प्रेस चौतारी नेपाल कैलालीका संयोजक भानुभक्त आचार्यले अहिलेको विषम परिस्थितिमा नागरिकको स्वास्थ्यमा ध्यान दिनु नै राज्यको अभिभावकमय दायित्व भएको र राज्यले सक्दो प्रयास गरिरहेको भए पनि जनतालाई सुसूचित गर्ने पत्रकारको स्वास्थ्य सुधारका लागि विशेष ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले छिटोभन्दा छिटो सङ्क्रमित पत्रकारका उपचारमा ध्यान दिन सरोकार निकायलाई आग्रह गर्नुभएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !