१५ बैशाख २०८१, शनिबार

स्वास्थ्य मन्त्रालयका पूर्व प्रवक्ता डा. विकास देवकोटाले पाए यत्तिठूलो जिम्मेवारी

डा. विकास देवकोटा लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त


डा. विकास देवकोटा

काठमाडौं । अन्तत: नेपाल सरकारले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख एवं पूर्व प्रवक्ता डा. विकास देवकोटालाई ठूलो जिम्मेवारी दिएको छ ।

सरकारले उनलाई लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. देवकोटालाई नियुक्त गरेको हो । डा. देवकोटालाई प्रदेश स्वास्थ्य सचिवमा सरुवा गरिएको हो।

स्वास्थ्य मन्त्रालय नभएको लुम्बिनी प्रदेशमा केही दिनअघि मात्र स्वास्थ्य मन्त्रालय गठन गरिएको थियो । यसअघि सामाजिक विकास मन्त्रालयले नै स्वास्थ्यको समेत काम गर्दै आएको थियो ।

सचिवको पत्र लिएका डा. देवकोटाले आइतबार प्रदेशमा गएर पदवहाली गर्ने बताइएको छ । शालिन व्यक्तित्व भएका डा. देवकोटा बिगतमा स्वास्थ्य मन्त्रालयको प्रवक्ता हुँदा सफल रुपमा आफ्नो जिम्मेवारी बहन गरेकोमा संचारकर्मी लगायत आम नागरिकवाट प्रशंशाका पत्रका रुपमा चित्रित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !