२२ बैशाख २०८१, शनिबार

सिंहदरबारमा सीसीएमसी बैठक जारी, विद्यालय बन्द गर्नेबारे गर्ला त निर्णय ?


सीसीएमसी बैठक फाइल फोटो

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठक सिंहदरबारमा जारी रहेको छ । केही समय अघिदेखि बैठक सुरु भएको बैठकले बढ्दो कोरोना भाइरस संक्रमण र त्यसको रोकथाम तथा अपनाउनुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ ।

यस्तै विद्यालय बन्द गर्ने वा नगर्ने भन्नेबारे पनि बैठकमा छलफल हुने बताइएको बैठकलाई विशेष चासोका साथ् हेरिएको छ । पछिल्लो समय संक्रमण बढ्दै गएपछि सरकारले विद्यालय बन्दबारे निर्णय गरेको छैन भने १४ जिल्लाका विद्यालयमा नजान आग्रह मात्रै गरेपछि आम अभिभावक र विद्यार्थीमा अन्योलता उत्पन्न भएको अवस्था छ ।

सिसिएमसीका सचिव खगराज बरालले बैठक स्वास्थ्य मन्त्रालयको विद्यालय बन्द गर्ने विषयको छलफलमा केन्द्रित रहने जानकारी दिए । स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीले कम्तीमा ३० दिन विद्यालय बन्द गरिनुपर्ने बताउँदै आएपछि सरकारी निकायबीच नै यसबारे एकमत रहेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !