१५ बैशाख २०८१, शनिबार

क्यान्सरका लक्षणहरु र यसको उपचार


क्यान्सर

क्यान्सर गम्भीर प्रकारको रोग हो । शरीरमा स-साना २०० भन्दा बढी कोष र कोषिका हुन्छन् । यसमध्ये नयाँ बन्ने कोष र कोषिकाहरुको बृद्धिक्रम सामान्य अवस्थामा कोषभित्र रहेको डिएनएले नियन्त्रण गरिरहेको हुन्छ । यस्ता कोषहरू ५०/५५ खर्बको आसपास पुगेका हुन्छन् ।

आज नेपालमा दिन-प्रतिदिन क्यानसरको रोग बढ्ने क्रम जारी छ। यसको प्रमुख कारण केलाउन सके हामी यस्ता रोगबाट समयमा जोगिन सक्छौं । तर खराब जीवनशैली र वाह्य वातावरणीय प्रतिकुलताको कारण कोष तथा कोषिकाहरुको वृद्धि अनियन्त्रित हुन्छ र स-साना गिर्खा बन्छ ।

यस्ता गीर्खा नदुख्ने खालका हुन्छन् । अन्य खालका गीर्खा भने दुख्ने खालका हुन्छन् तर यस्ता गीर्खाको सामान्य उपचार पछि आफै निको हुन सक्छन् । क्यान्सरसँग लड्ने क्षमता आफुमा हुन सक्नुपर्छ । कतिपय क्यान्सर पिडित उपचार पछि सामान्य जीवन विताएको देखिएको छ ।

जसरि आज व्लड प्रेशरका कारणले मानिसलाई प्यारालाइसिस र हार्ट अटेक हुनसक्ने भएकाले समयमा व्लडप्रेसर चेक जाँच हुनुपर्छ भन्ने जनचेतना मानिसमा बढेको छ, त्यसरी नै समयमा गीर्खा नदुख्ने खटिराको परिक्षण हुन सके क्यान्सरको पहिचान गरी रोगलाई पहिचान गरी उपचार गराउन सके लामो आयु बाँच्न सक्ने देखिन्छ ।

तर, उपचारका लागि हामीले समुचित पहल गरिरहेका छौनौं यो नै दुर्भाग्य भन्दा खासै फरक छैन । नतिजा, बर्षेनी १५ हजारले नेपालमा क्यान्सरकै कारण ज्यान गुमाइरहेका छन् । बार्षिक ४०/५० हजार नयाँ क्यान्सरका रोगी थपिने तथ्यांक छ ।

क्यान्सर भए नभएको कसरी थाहा पाउने ?

१. दिसा-पिसाबमा रगत देखिनु ।

२. अचानक तौल घट्नु ।

३. ज्वरो लामो समयसम्म आइरहेमा ।

४. हमेसस थकाई लाग्ने गरेमा ।

५. अत्यधिक रक्तश्राव भएमा (महिलाको हकमा) तर, त्यस समयबाहेक अत्यधिक अचानक रक्तश्राव हुन्छ भने कार्विनल क्यान्सरको संकेत हुनसक्छ ।

६. पिसाबमा समस्या देखिएमा प्रोस्टेट क्यान्सर हुन सक्छ ।

७. दिसा पिसाबमा रगत देखिएमा ।

क्यान्सरबाट आफुलाई कसरी बचाउने ?

१. क्यान्सरबाट बच्ने एउटै उपाय हो, स्वस्थ्य जीवनशैली । पौष्टिक खाना र ताजा खानामा विषेश जोडदिने ।

२. स्वस्थ्य र खुसी जीवन बाँच्ने । ताजा र सन्तुलित खानेकुरा सेवन गर्ने । योग, व्यायाम, प्राणायामलाई जीवनशैलीको हिस्सा बनाउने ।

३.आयुर्वेद औषधिनै सेवन गर्ने ।

४. एन्टिअक्सिीडेन्ट गुणहरुबाट भरिपूर्ण खानेकुरा सेवन गर्ने ।

५. ग्रीन टि सेवन गर्ने ।

क्यान्सर हुदैमा मान्छे मर्नेपनि होइन तर समयमा उपचार नभएको खण्डमा मर्न पनि सक्छन् । आजको लेखमा मैले एउटा जडिबुटीबाट पाठेघरको क्यान्सर निको भएको घटना सुनाउन चाहन्छु । महिलाको घर विरगन्जमा पर्छ जात मुसलबान हुन । उनलाई २,३ महिनासम्म हेवी व्लेडिङ हुने गर्दथियो तर अहिले कम भएको छ । टिउमर पनि घट्दै गएको छ ।

उपचार

हाम्रो भुमिमा यस्ता अनगिन्ती जडिबुटी छन् । जसमाथि अनुसन्धान गर्नुपर्ने देखिन्छ । यदि कसैलाई जस्तो सुकै टिउमर चाहे पाठेघरको होस् या अन्यशरिरमा भएको किन नहोस् लज्जावती झारको जरा उखालेर ल्याउनुस र अन्दाजी ५ ग्राम जति यसको चुर्ण बनाएर ३/४ महिना जति सेवन गर्नुस् चमत्कारीक फाइदा गर्दछ ।

नोट : यो औषधि अन्य औषधि सेवन गरेको अवस्थामा पनि सेवन गराउन सकिन्छ । यस्ता औषधि सेवन गर्दा यसको आधार खोज्ने नेपालीको बानी छ । यो लेख अनुभुत योगबाट साभार गरिएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !