१८ बैशाख २०८१, मंगलबार

पूर्वमन्त्री लालबाबु सहित अन्य मानिसहरु सडक झाडू लगाउदै


purvamantri laalbabu

२७ पुस काठमाण्डौ । पूर्वमन्त्री एवं एमाले सांसद लालबाबु पण्डित, काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी लगायतको एक समूह बिहीबार बिहानै तीनकुने चोकमा झाडूसहित देखियो । कार्यक्रम आयोजकका बारेमा एमाले सांसद पण्डिलले भने,‘एक जना १७/१८ वर्षका युवा रहेछन् ।

उनको नेतृत्वमा रहेको क्लिन काष्ठमान्डप भन्ने संस्थाले सरसफाई कार्यक्रममा मलाई आमन्त्रण गरेको थियो । त्यसैले सरसफाई कार्यक्रममा पुगेको हुँ ।’ ‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ भन्ने नारासहित युवाले सुरु गरेको अभियानलाई आफूले साथ दिएको पण्डिले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !