१४ बैशाख २०८१, शुक्रबार

योग गरौं, स्वस्थ र सवल बनौ


योग

योगद्वारा आत्मीय सन्तोष मात्र होइन अनेकौं रोगको समाधान सम्भव छ । योग हरेक जीव जन्तुले समेत गरेको हुन्छ । योगद्वारा हामीले खाएका पदार्थहरू पचाउन समेत ठूलो मद्दत गरेको हुन्छ ।

योगद्वारा हामीले आफ्नो स्वास्थ्यलाई सबल बनाउन सक्ने छौं । योग गरौं आलस्यलाई समेत हटाएर स्वस्थ रहौं भन्ने मुल नारालाई आत्मसाथ गर्दै अघि बढौं भन्ने हाम्रो आग्रह छ । योगद्वारा पेट सम्बन्धी धेरै रोग हरू हामीले हटाउन सक्छौं ।

योग गुरु रामदेवद्वारा आज विश्वले योगको फाइदा लिएको छ । हामीले पनि फाइदा उठाउन सक्नुपर्छ । हामीले खाना खान्छौं तर काम गर्दैनौ भने हाम्रो स्वास्थ्यमा ठूलो असर हुन सक्छ ।

धार्मिक विश्वास अनुसार भगवान शिव्द्वारा अनुशरण गरिएको योगको अर्थ जोड्नु हुन्छ । आसन, अभ्यास, साधना, ध्यान आदिका माध्यमबाट मन र शरीरलाई जोड्ने प्रक्रिया नै योग हो ।

आदिकालदेखि नै धर्मशास्त्रमा योगको प्रयोग हुदै आएको छ । हिन्दू आत्मदर्शन र समाधीदेखि लिएर कर्म क्षेत्रसम्म योगको ब्यापक प्रयोग भएको हामीले सुन्दै आएका छौं । आज योगलाई जीवन्त राख्न योग गुरु रामदेवको ठूलो भुमिका देखिएको छ । योगको फाइदा लिन हामी पछि पर्नुहुदैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !