८ पुस २०८१, सोमबार

जाडोले गर्दा रौतहटमा दुईको मृत्यू


२१ पुस, रौतहट । अत्यधिक जाडोको कारणले गर्दा कठांग्रिएर रौतहटमा दुईजनाको मृत्यु भएको छ । रौतहट राजदेवी नगरपालिका ७ मुडबलवाका ७५ वर्षका अयोधी राय यादव र गढीमाई नगरपालिका १ समनपुरमा संचालनमा रहेको इँटा उद्योगमा कार्यरत एकजना मजदुरको मृत्यु भएको छ ।

सर्लाही रामवन घर भएका ५५ बर्षिय नेक महम्मद अलिको इँटा उद्योगमै जाडोको कारणले गर्दा कठाँग्रिएर मृत्यु भएको प्रहरीले जनाएको छ । रौतहटमा जाडोकै कारणले गर्दा कठांग्रिएर मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

अत्यधिक जाडो हुन थालेपछि  जिल्लाको जनजीवन पूर्णतया प्रभावित भएको छ । जाडोकै कारणले गर्दा सरकारी कार्यालयमा सेवाग्राहीको संख्या कम भएको छ भने सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु कम भएका छन् । जिल्लाको व्यापार व्यवसायमा पनि जाडोले प्रभाव पारेको व्यावसायीहरुले बताएका छन् ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !