१२ बैशाख २०८१, बुधबार

उत्तान पादासन र पेटको समस्या


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आधुनिक युगमा मान्छेहरु व्यस्तताको कारण स्वास्थ्यमा ध्यान दिन नसक्दा र खान पान रहन-सहन आचार विचार र जीवन पद्धतिको विकृति हुन जानाले आज सारा समाज अनेक प्रकारका रोगबाट ग्रस्त हुदैछन् ।

खासगरी अपच, कब्जियत, मोटोपन र अन्य पेट सम्वन्धी विरामीका कारण सिङ्गो समाज रोग ग्रस्त देखिन्छ । यस्ता सवै रोगको उपचार योगमा सम्मभव छ । यो मात्र एउटा उपायहो भन्दा खासै फरक पर्दैन ।

पेट सम्बन्धी रोगमा उत्तान पादासन महत्वपूर्ण योग अन्तर्गत पर्दछ । पेटको रोगको लागि अचुक उपचार यहाँ दिन गई रहेको छु । मैंले आफ्नो जीवनमा अरू योग त्यति नगरेपनि यो आसन अवश्य गर्ने गर्दछु ।

हरेक काम गर्दा कहिन कहि केहि न केहि साइड इफेक्ट हुन्छ । योगाभ्यास गर्दा हामीले यो कुरा बिर्सनु हुदैन । यो आसन गर्दा कम्मर दुखेको अवस्थामा, मांशपेशी फर्कने गरेको अवस्थामा यो आसनको अभ्यास नगर्नु राम्रो हुनेछ ।

गर्भावस्थामा पनि यो आसन नगर्नु नत्र गर्भपतन हुन सक्छ । यो आसन महिला पुरुष समान रूपमा गर्न सक्नु हुन्छ । यो आसन गर्ने मान्छेलाई पेटको रोगले सताउने छैन । यो आसन जुनसुकै उमेरका ले पनि गर्न सक्नेछन् ।

यो आसन गर्ने विधि पिठको तर्फबाट जमिनमा सुत्ने र दुबै हातलाई कम्मर सम्म तान्ने र दुवै खुट्टालाई तन्काएर राख्ने । अब सास तान्दै दुवै खुट्टालाई माथि तल ४५ इन्चको कोणमा उठाउदै व्यायम गर्ने ।

यस्तो अवस्थामा सास जति रोक्न सकिन्छ रोक्ने र छोड्दै खुट्टा तल झार्ने यो व्यायम जति सकिन्छ गर्ने । यो आसन विहान वेलुका खाली पेटमा गर्नुपर्छ ।यो आसन समाप्त भएपछि केही समय सास रोक्ने अभ्यास गर्नुपर्छ यसो भएमा मात्र यो आसन सिद्ध हुनेछ ।

यो आसनका अन्य फाइदाहरू

१. दैनिक यो आसनको अभ्यास गर्नाले मोटो र पेट ठूलो भए क्रमशः कम हुदै जानेछ ।

२. यो आसनको अभ्यास गर्ने व्यक्तिलाई पेटको कुनै पनि रोग लाग्ने छैन ।

३. ग्यास्टिकको रोगीलाई कब्जियत हुने गर्दछ । यो आसनको अभ्यास गर्नेलाई कब्जियत हुदैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !