१४ बैशाख २०८१, शुक्रबार

स्वप्नदोषको रोकथाम र उपचार


स्वप्नदोष
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

स्वप्नदोष (Night Discharge) सेक्स नगरी वस्नेहरूलाई प्राय: यो समस्या देखिएको छ । मेरो विचारमा यो कुनै रोग नभई सामान्य प्रक्रिया हो भन्दा फरक पर्दैन । जब हाम्रो दिमागमा काम बासनाको भण्डार भरिन थाल्दछ तब हामीलाई Nocturnal Emission हुन थाल्दछ ।

सामान्य भन्दा धेरै पटक स्वप्नदोष भएमा उपचार गराउनुपर्छ । मनबाट सेक्सका विचारलाई त्याग्नु पर्दछ । एउटा पुस्तकमा मैले पढेको थिए, ‘जन्मदेखि बृद्ध अवस्थासम्म स्वप्नदोश हुदैन या सेक्स गरिदैन भने यौन अंग त्यसै नष्ट भएर जान्छ भन्ने लेखेको रहेछ ।’

यसको मतलब स्वप्नदोष आवश्यक छ भन्ने कुरामा त्यो ग्रन्थले भनेको ठिक रहेछ भन्ने कुरा घटना क्रमले देखाएको छ । कुनै दोष न भएर एक स्वाभाविक शारीरिक क्रिया हो जसअन्तर्गत एक पुरुषलाई निंदाएका बेला वीर्यपात (स्खलन) हुन जान्छ, त्यतिखेर पुरुष एक स्वतःस्फूर्त यौनानन्दको अनुभव पनि गर्दछन् । यो प्रक्रिया स्त्रीहरुमा पनि देखिन्छ ।

स्वप्नदोष, किशोरावस्था र शुरुआती वयस्क वर्षहरूका बेला हुने एक सामान्य घटना हो, तर यो उत्सर्जन यौवनका पछि कुनै पनि समय हुन सक्छ । स्वप्नदोष, एक कामोद्दीपक सपना पछि हुने एक स्वाभाविक शारीरिक प्रतिक्रिया हो जसको कारण पुरुष व्यक्तिको भित्र लगातार उत्पादित हुँदै रहेको शुक्राणु कोशिकाहरुको प्रशस्त रुपमा शरीरबाट बाहिर निकाल्छ ।

पुरूषलाई मात्र स्वप्नदोष हुन्छ भन्नु गलत छ । यस्तो महिलालाई पनि हुन सक्छ । उनीहरूको योनी पनि गिलो हुन सक्छ । पुरूषहरूलाई सोचाईको प्रधान कारण मानिएको छ भने महिलाहरूमा नसोची सुतेको अवस्थामा पनि सोप्न दोष हुनसक्छ । योनी गिलो हुन सक्छ ।

रोकथाम र उपचार

१.  स्वप्नदोषको सफल उपचार भनेको कामबासनालाई दिमागदेखि हटाउनु । गरम मरमसला बढी नखाने । ड्रिंग नगर्ने लागुपदार्थको सेवन नगर्ने ।

२. अमला स्वप्नदोषको लागि राम्रो फाइदा गर्दछ । अमलामा ६ ग्राम पाउडरमा थोरै मह मिलाएर सेवन गर्नाले यो रोग निको हुन्छ ।

३. २,३ वटा चिप्ले भेण्डि दैनिक काचै खानुस स्वप्नदोष निको हुन्छ ।

४. स्वप्नदोषको लागी काँचो प्याज राम्रो औषधि मानिएको छ । दैनिक काँचो प्याज खानाले यो समस्या हल हुन्छ ।

५. महसंग त्रिफला नित्य सेवन गर्नाले स्वप्नदोष ठिक हुन्छ ।

६. स्वप्नदोषको लागि केरालाई महत्वपूर्ण औषधि मानिएको छ । पाकेको केरामा ३,४ थोपा मह राखेर खानाले यो रोग निको हुन्छ ।

७. काचो लहसुन खाएर पानी पिउनाले केहि दिनमा यो रोग क्रमश: निको हुन्छ ।

नोट : स्वप्नदोष कुनै रोग नभएपनि यदि बढि हुन थालेको छ भने कालान्तरमा गएर यसले नोक्सान गर्न सक्छ । बढी भएमा डाक्टरको परामर्श लिएर उपचार गराउन सक्नुहुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !