स्वास्थ्यमा होस् या अन्य क्षेत्रमा किन यस्तो देखियो Nepalpatra स्वास्थ्यमा होस् या अन्य क्षेत्रमा किन यस्तो देखियो
९ आश्विन २०७९, आइतबार

स्वास्थ्यमा होस् या अन्य क्षेत्रमा किन यस्तो देखियो


डा. राम बहादुर बोहरा

एकजना रोगीलाई रक्तचाप (Blood Pressure) र मधुमेह (Sugar) को समस्या देखिएर हामी सवेरै नियमित जचाँउने डाक्टरकहाँ पुगेका थियौं । त्यो समयमा डाक्टरसाब याेग र ब्यायाम गर्दै हुनु हुँदो रहेछ । करिव १ घण्टाको प्रतिक्षा पश्चात् डाक्टर आफ्नाे लागि कागती पानी लिएर आए र कागती पानी पिउदै रक्तचाप जाँच गर्न थाल्नु भयो ।

डाक्टर साबको भनाइमा औषधीको डोज बढाउनुपर्ने देखियो । डाक्टर साबले प्रेस्क्रिप्सनमा ७/८ वटा औषधीकाे नाम लेखिदिनु भएछ । औषधी नियमित रुपमा खान सचेत गराउदै भन्नुभयो दवाई अनिवार्य खानुपर्ने छ । मैले विरामी ल्याएकाले उत्सुकतावश डाक्टरलाई साेधें के तपाईं सधैं याेग र ब्यायाम गर्नुहुन्छ ?

डाक्टरले भने – ‘विगत १० वर्षदेखि म याेग र व्यायाम गर्दैछु । यही कारण रक्तचाप तथा मधुमेह लगायतका राेगहरुबाट म सुरक्षित छु । मैले मेरो विरामीलाई लेखेको प्रेस्क्रिप्सन हेर्दै थिएँ जसमा तिनै डाक्टरले रक्तचाप तथा मधुमेह लगायतका रोग कम गर्नका लागि थुप्रै औषधि लेखिदिएका थिए ।

मेराे एउटा हुने खाने साथीकाे एउटा ठूलो डेरी फार्म छ । म एकदिन उसको दुग्धशालामा पुगें । जहाँ करिव सय वटा विदेशी गाईहरू थिए । गाईहरूको दूध मेशिनद्वारा निकालेर प्रशोधन भइरहेकाे थियाे । केही पर दुई वटा स्थानीय जातका गाईहरू हरियाे घाँसपात र दाना खाँदै थिए।

मैले जिज्ञासा राखें – ‘किन यी दुई खाले गाई?’ साथीले भन्याे – ‘आफ्नाे घरमा बिदेशी गाईकाे दूध जाँदैन । घरपरिवारकाे प्रयाेगका लागि त स्थानीय दुई वटा गाईकाे दूध, दही र घ्यू मात्र प्रयाेग हुने गर्छ ।’

म तिनीहरुका बारेमा साेच्दै थिएँ – जसले ब्रान्डेड दुधलाई उत्कृष्ट मानेर किन्ने गर्छन् ।

हाम्रो घर नजिक एउटा प्रसिद्ध रेष्टुरेन्ट छ जुन आफ्नाे विशिष्टता, शुद्ध एवम् स्वादिष्ट खानाकाे लागि चर्चित छ । एकदिन हामी जोईपोई खाना खान त्यही रेष्टुरेन्ट गयौं ।

खाना खाईसेपछि रेष्टुरेन्टबाट निस्कँदै गर्दा त्यहाँकाे मेनेजरले विनयपूर्वक जिज्ञासा राखे – ‘सर खाना कस्तो लाग्याे ? हामी विशुद्ध घिउ, तेल र मसला प्रयाेग गर्ने गर्छौ । हाम्रो काेसिस छ घर जस्तै खाना र वातावरणको अनुभव हाेस् हाम्रा ग्राहकहरुलाई ।’

हामीले खानाकाे प्रशंसा गरेपछि मेनेजर हामीलाई आफ्नाे Visiting Card दिनका लागि आफ्नाे क्याविनमा गए । काउण्टरमा एउटा तीन खण्डकाे स्टिलकाे टिफीन क्यारियर राखिएकाे थियाे । एउटा वेटरले अर्काेसँग भन्याे – ‘हरि, सरकाे खाना भित्र क्याविनमा राखिदेउ।

ग्राहक गएपछि खानुहुन्छ सरले ।’ मैले वेटरसँग साेधें – ‘के मेनेजर सावले याहाँकाे खाना खानुहुन्न ?’ वेटरले जवाफ दिए -‘ सरले कहिल्यै यहाँकाे खाना खानुहुन्न। सधैं नै घरबाट ल्याएर खानुहुन्छ ।’ म आफ्नाे हातमा रहेकाे झण्डै दुईहजार रुपैंयाको बिललाई हेर्दै थिएँ ।

हामीले बुझ्नुपर्ने पाठ

उपराेक्त घटनाहरूबाट हामीले जीवनमा तलका जस्ता केही नविनतम सिकाइ हासिल गर्न सिक्नुपर्छ :-

१. हामी जसलाई असल जीवनशैली भनेर बुझ्दै आएका छौँ, त्याे हामीलाई भ्रमित गर्ने माध्यम मात्र हुने कुरा यो पाठले देखाएको छ । हामी अरूबाट परिचालित छौं । कुशल ब्यापारीले ठूलाे धनराशी हामीबाट निकालिरहेका छन् ।

२. प्रायःजसो जुन चिजहरु हामीलाई बेचिन्छ ती चिजहरु स्वयम् बिक्री गर्नेले भने प्रयाेग वा उपभाेग गर्ने स्तरका हुंदैनन् । तर हामीले घटिया सामान प्रयोग गर्दै आएका छौं । हामी जोखिमको सुचीमा रहेछौं ।

उपरोक्त पाठले के सिकाउछभने उपचार गर्ने डाक्टर सोयम जडिबुटीमा छन् तर अरूलाई भने एलोपैथिक औषधि बेच्न तल्लिन देखिन्छन् । के यही हो त परिवर्तन । नेपाली जडिबुटी खेर गइरहेका छन् तर हामी भने विषपान गर्दैछौं ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !