१३ बैशाख २०८१, बिहिबार

मधुमेह भएका मानिसले खान नहुने खानेकुराहरु


diabities

माछा मासु, अण्डा, दूध दही पनि खान नहुने भन्ने होइन। यिनमा प्रोटिनको मात्रा प्रशस्त हुन्छ र शरीरको वृद्धि विकास, मर्मत सम्भारको लागि यो आवश्यक हुन्छ। त्यसैले चिल्लो कम भएका प्रोटिनयुक्त खानाहरु आवश्यक मात्रामा खान जरुरी हुन्छ। मधुमेहका कारणले मृगौलामा समस्या देखापरेमा भने चिकित्सकको सल्लाहमा प्रोटिनयुक्त खानाको मात्रा घटाउनुपर्ने हुनसक्छ।

मधुमेह रोगमा निम्न प्रकारका खानेकुराहरु खानु हुदैन वा कम खाने:
चिनी र चिल्लो बोसायुक्त प्रशोधित खानेकुराहरु ।
जस्तै: चिनी, सख्खर, जुस, जाम, मह, चकलेट, मिठाई,गुलियो पेयपदार्थ, हर्लिक्स, खुवा, चाकु, केक, आइसक्रिम, बिस्कुट, घ्यु, नौनी,बासो, तारेको वा भुटेको खाना ।
चुरोट, बिडी, सुर्ति, तमाखु, खैनी, जर्दा आदि सुर्तिजन्य पदार्थहरुको सेवन नगर्ने ।
बियर, रक्सी जस्ता अल्कोहलयुक्त पदार्थ सेवन नगर्ने ।
लामो समयसम्म भोकै नबस्ने ।
व्रत नबस्ने ।
नुुन कम खानु ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !