१२ श्रावण २०८१, शनिबार

गर्भवती महिलाले एक दिनमा कति पानी पिउने ?


गर्भवती

शरीरलाई स्वस्थ र फिट राख्नका लागि पानीको अहम भूमिका रहेको हुन्छ । मानव शरीरमा पानीको मात्रा ५० देखि ६० प्रतिशत रहेको हुन्छ । पानीले शरीरका अंगहरुको रक्षा गरेको हुन्छ साथसाथै कोषहरुसम्म पोषक तत्व पुगाउन र अक्सीजन पुगाउन काम पनि पानीले गरेको हुन्छ । एकछिन सोचौँ, जब एक सामान्य व्यक्तिले पानी पिउनुको यति धेरै महत्व छ भने गर्भवती महिलाका लागि सही मात्रामा पानी पिउनु कति महत्वपूर्ण होला ?

गर्भावस्थाको सुरुवाती चरणमा गर्भ तुहिने समस्या सबैभन्दा धेरै हुन्छ । यसकारण यो समयमा आफ्नो खानामा विशेष ध्यान दिनुपर्छ र त्यो सँगसँगै पानी कति मात्रामा पिउने भन्ने कुरामा त झनै बढी ध्यान पुगाउन आवश्यक छ ।

गर्भावस्थामा कति पानी पिउने ?
स्वास्थ्यकर्मीहरुका अनुसार गर्भावस्थाको समयमा एक दिनमा गर्भवती महिलाले लगभग २ देखि ३ लीटर पानी पिउनुपर्छ । स्वासथ्यकर्मीहरुको यो पनि सुझाव छ कि, महिलाहरुले पानीका साथसाथै अन्य झोलीलो पदार्थको सेवन पनि उत्तिकै आवश्यक छ । यसले गर्भवती महिलाका साथसाथै पेटमा रहेको बच्चाका लागि पनि लाभदायक छ ।

सही मात्रामा पानी भएन भने के असर हुन्छ ?
गर्भवतीको समयमा कम मात्रामा पानी पिउने हो भने महिलाको शरीरको तापमान बिग्रने समस्या हुन्छ । गर्भवती महिलाको शरीर अन्य समयमा भन्दा बढी हीट हुने गर्छ यदी गर्भावस्थाको पहिलो तीन महिनामा गर्भवती महिलाको शरीरको तापमान नियन्त्रणमा राखिएन भने यसले गर्भ तुहीने समस्या निम्त्याउन सक्ने खतरा रहन्छ ।

गर्भावस्थामा चाहिए जती पानी नपिउने हो भने महिलाहरुमा धेरै प्रकारका इन्फेक्शन हुने संभावना बढेर जान्छ । गर्भावस्थाको अन्तिम तीन महिनामा कम पानी पिउने समस्याले गर्भवती महिलाहरुलाई समयभन्दा अगाबै व्यथा लाग्ने समस्या पनि सुरु हुन सक्छ ।

गर्भावस्थामा कम मात्रामा पानी पिउने कारणले गर्भवती महिला भन्दा बढी गर्भमा रहेको बच्चालाई नकारात्मक असर पर्न सकछ किनभने पानीको मात्रा कम भएमा गर्भवती महिलाको शरीरमा एमनियोटिक द्रव्यको स्तर कम भएर जान्छ ।

एमनियोटिक द्रव्य भ्रूणको चारैतिर रहेको हुन्छ । यसले गर्भमा रहेको शिषुको बाहिरी झट्काबाट सुरक्षित राख्न मद्यत गरेको हुन्छ । गर्भवती महिलाको शररिमा यसको कमी भएमा गर्भमा रहेको बच्चामा नकारात्मक असर पर्न सक्छ । यसका अलावा यसको कमीका कारण समय नपुगेरै बच्चा जन्मने समस्या रहन सक्छ । पानीका साथसाथै गर्भवती महिलाका लागि झोलीलो पदार्थको सेवन पनि अति नै महत्वपूर्ण मानिन्छ ।

ताजा फलफूलको जुस
ताजा फलफूलको जुसमा भरपुर मात्रमा भिटामिन पाइन्छ, जो गर्भवती महिलाका लागि निकै नै लाभदायक छ । गर्भावस्थाको समयमा कहिल्यै पनि बजारमा पाइने विभिन्न किसिमका जुसको सेवन हानिकारक हुन सक्छ यसले आमाको साथसाथै पेटमा रहेको बच्चालाई पनि हानि पुगाउँछ ।

त्यसैले ताजा फलफूलको जुस सेवन गर्नु राम्रो हुन्छ । गर्भावस्थामा हरेक दिन एक कप सुप पिउनु पनि उत्तम मानिन्छ । गर्भवती महिलाहरुका लागि नियमित दुध सेवन गर्नु लाभदायक हुन्छ किनकी दुधमा भरपूर मात्रामा प्रोटीन र क्याल्सीएम पाइन्छ ।एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !