११ बैशाख २०८१, मंगलबार

मधुमेह भयो भने के गर्ने त ? थाहा पाउनुहोस्


मधुमेह भएका साना बच्चाका आमाबुबाहरु उनीहरुको बच्चाको मधुमेहको व्यवस्थापनमा धेरै नै संलग्न भएका हुन्छन् । जब बच्चा ठूलो हँदै जान्छ उनीहरुलाई मधुमेहको व्यवस्थापन गर्ने आत्मविश्वास र तरिकाहरु सिक्न आवश्यक छ । बच्चा वा किशोरकिशोरीलाई मधुमेह व्यवस्थापनमा आत्मनिर्भर बनाउन आमाबुबाहरुलाई धेरै गाह्रो हुन्छ । आमाबुबाहरु आफ्नो बच्चाको विषयमा धेरै नै चिन्तित हुन्छन र आफ्नो बच्चाले त्यस्तो जिम्मेवारी बहन गर्न सक्दैनन कि भन्ने लाग्न सक्छ । तर, बच्चाले भने आत्मनिर्भर हुने चाहना राख्न सक्छन् । अभिभावकले बच्चालाई सहयोग गरेर बच्चलाई मधुमेह व्यवस्थापन गर्न आत्मनिर्भर बनाइ सन्तुलित भूमिका निभाउन सक्छन् ।

यसरी सिकाउन सकिन्छ बच्चालाई मधुमेह व्यवस्थापनः बच्चालाई उनीहरुको मधुमेह व्यवस्थापनमा पहिले देखि नै सहभागी हुन सहयोग गर्नुहोस् । यसमा बच्चाले उनीहरुको इन्जेक्सन साइट वा उनीहरुको ब्लड ग्लुकोज मिटर अन गर्ने जस्ता काम हुन सक्छन् । यस्तो सहभागिताले उनीहरुलाई स्वतन्त्र बन्न र आत्मविश्वास बढाउन मद्धत गर्छ ।

बच्चाहरुको सहभागिताको स्तर उमेरअनुसार ठिक छ भन्ने निश्चित हुनुहोस् । तपाईको बच्चाको मधुमेह एडुकेटरले उमेर उपयुक्त जिम्मेवारीहरु उनीहरुलाई दिन सक्छन् । बच्चाहरुलाई मधुमेह शिविरमा उपस्थित हुन हौसला दिनुहोस् । तपाईको बच्चाले त्यहाँ अर्को मधुमेह भएको बच्चालाई भेट्न सक्छन । मधुमेहको केयर गर्नुपनि सुरक्षित र आनन्ददायक हुन सक्छ भन्ने बुझ्न सक्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !