११ पुस २०८१, बिहीबार

नेपालमा ५८४ जनाले जिते कोरोना, थप ९६ जना घर फर्किए


र चितवनका १ जना गरी १५ जनाको

२७ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ९६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा डा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार निको हुने ५८४ जनामा ५०७ जना पुरुषहरु र ७७ जना महिलाहरु रहेका छन् । मंगलवार डिस्चार्ज हुने ९६ जनामा ८ जना महिला र ८८ जना पुरुषहरु रहेका छन् । जनकपुरमा आज कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या ३० रहेको छ । उनीहरु धनुषाका ६ जना महिलाहरु र २४ जना पुरुषहरु रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार बलम्बु अस्पताल काठमाडौंबाट थप १ जना महिला निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । साथै बाँकेमा थप २२ जना पुरुषहरुले कोरोना संक्रमण जितेका छन् । त्यसैगरी रात्ती आइसोलेशनबाट बाँकेका ७ जना पुरुषहरु कोरोना संक्रमण जितेर घर फर्केका छन् ।

मन्त्रालयका अनुसार धरानबाट झापाका २८ जना पुरुषहरु डिस्चार्ज भएका छन् । यसका साथै दाङबाट बर्दियाका ४ जना पुरुषहरु डिस्चार्ज भएका छन् । त्यस्तै दैलेखमा १ जना महिलाले कोरोना संक्रमण जितेकी छिन् । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ५८४ पुगेको हो ।

नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३२३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०८५ पुगेको छ । आज ३२३ कोरोना संक्रमितहरुमध्ये २९२ जना पुरुषहरु र ३१ जना महिलाहरु रहेका छन् । नेपालमा अहिलेसम्म ४०८५ कोरोना संक्रमितहरुमध्ये ३७९८ जना पुरुषहरु र २८७ जना महिलाहरु रहेका छन् । नेपालमा ७२ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा १ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना,  डोल्पाका १ जना, कैलालीका १ जना,  स्याङ्जाका १ जना र चितवनका १ जना गरी १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ४०८५ पुग्यो, आज थपिए कोरोनाका नयाँ ३२३ संक्रमित

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

नेपालमा ४८८ जनाले जिते कोरोना, थप २१ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !