४ जेष्ठ २०८१, शुक्रबार

अर्थमन्त्रीले आज जवाफ दिने कार्यसूची


BICC

१८ जेठ, काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रियसभाको आजको बैठकमा आव २०७५/७६ को राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफलमा सदस्यहरुले उठाउनुभएका विषयमा जवाफ दिनुहुने भएको छ ।

बिहीबारदेखि राष्ट्रियसभामा आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल भएकामा आज छलफल सकिएलगत्तै अर्थमन्त्रीले जवाफ दिनुहुने कार्यसूचिमा उल्लेख रहेको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्को संयुक्त सदनमा यही जेठ १५ गते बजेट प्रस्तुत गर्नुभएको थियो । बिहीबारको छलफलमा २२ जना सदस्यले भाग लिनुभएको थियो ।  (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !