८ जेष्ठ २०८१, मंगलबार

अष्ट्रेलिया र श्रीलंकाका राजदूतले उपराष्ट्रपतिलाई भेटे


nanda bahadur pun and shrilanka

५ माघ,काठमाण्डौ । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङसँग नेपालका लागि अष्ट्रेलिया र श्रीलंकाका राजदूतले शिष्टाचार भेट गरेका छन् । शुक्रबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग अष्ट्रेलियाका राजदूत पिटर बड र श्रीलंकाका राजदूत डब्लु. एस. परेराले छुट्टा-छुट्टै शिष्टाचार भेट गरेका हुन् ।

उपराष्ट्रपतिले दुवै राजदूतसँगको भेटमा नेपालको बढ्दो व्यापार घाटा कम गर्न सहकार्यको क्षेत्रलाई फराकिलो बनाउनुपर्नेमा जोड दिए । उनले अष्ट्रेलियाका राजदूतसँगको भेटमा अष्ट्रेलियासँग नेपालको साढे चार अर्ब व्यापार घाटा रहेको उल्लेख गर्दै नेपालको निर्यात वृद्धिका लागि अष्ट्रेलिया सरकारले सहयोग गर्नुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !