१८ बैशाख २०८१, मंगलबार

लामो दुरीका सवारी साधन असोज १ गतेदेखि नै खुल्ने, ५० प्रतिशत भाडा वृद्धि


लामो दुरीका सवारी साधन

काठमाडौँ, भदौ ३० । नेपाल सरकारले लामो दुरीका सवारी साधन असोज १ गतेदेखि नै सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड र सर्तसहित सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज मंगलबार सञ्चार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा लामो दुरीको सवारीमा ५० प्रतिशत भाडा बढी लिन सक्ने व्यवस्था पनि सरकारले गरेको जानकारी दिए ।

यात्रुले अनिवार्य मास्क लगाउनुपर्नेछ भने गाडीभित्र र ढोकामा स्यानिटाइजर अनिवार्य रुपमा राख्नुपर्नेछ । सवारी साधन सञ्चालन सम्बन्धी थप मापदण्ड भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउने छ । सर्तअनुसार ५० प्रतिशतमात्रै यात्रु बोक्न पाइने, प्रत्येक १ पंक्तिको सिटमा १ जना मात्रै राख्न पाइनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !