१३ आश्विन २०८१, आइतबार

सवारी साधनमा जोरबिजोर र सरकारी कार्यालयको दुई सिफ्ट हट्यो


सवारीसाधन मार्ग

काठमाडौँ, साउन ६ । सार्वजनिक र निजी सवारी साधनमा लगाइएको जोर बिजोर प्रणालीको अन्त्य भएको सरकारले घोषणा गरेको छ । सरकारका प्रवक्ता अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्दै सो कुराको जानकारी दिनुभएको हो ।

सरकारी कार्यालयमा लागु गरिएको दुई सिफ्टमा काम गर्ने प्रणाली पनि अन्त्य गरेर जनजीवनलाई नियमित रूपमा अगाडि बढाउन खोजिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिएका छन् । निजी सवारी साधनहरू पनि जोरबिजोर बिना नै चल्ने भएका छन् । धेरै गतिविधिहरू अब नियमित रूपमा फर्कन्छन् ।’ उनले लामो दूरीको यातायात भने भदौ १ बाट चल्ने बताए ।

सरकारी कार्यालयमा लागु गरिएको दुई सिफ्टमा काम गर्ने प्रणालीको पनि अन्त्य भएको मन्त्री खतिवडाले बताए । सरकारी कार्यालय २ सिफ्टमा चलाउने प्रणाली हटाएर नियमित रूपमा १० देखि ५ बजेसम्म चल्नेछन् ।

कर्मचारीमा पनि बिहानै कार्यालय जाने भन्ने नपरेको र सेवाग्राहीले पनि त्यसरी सेवा नलिएको पाइएकाले सिफ्ट अनुसार कार्यालय संचालन गर्ने कुराको अन्त्य भएको उनले बताए । स्वास्थ्य सुरक्षा अपनाएर नियमित रूपमा कार्यालय संचालन गरिन लागिएको उनको भनाइ थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !