७ मंसिर २०८१, शुक्रबार

सार्वजनिक यातायात संचालन गर्दा कुन कुन मापदण्ड अपनाउने ? – डा. रवीन्द्र पाण्डे


डा. रवीन्द्र पाण्डे

लामो समयको लकडाउनपछि सार्वजनिक यातायात खुलेको छ । सार्वजनिक यातायात प्रयोग गर्दा पर्याप्त सतर्कता अपनाउन सकिएन भने कोरोना संक्रमण फैलिने डर हुन्छ । सार्वजनिक यातायात संचालन गरेका विश्वका अधिकांश सहरमा संक्रमण ब्यापक फैलिएको तथ्यलाई नजरअन्दाज गर्नु हुँदैन । यो विषम परिस्थितिमा सार्वजनिक यातायात सेवामुखी बन्नु जरुरी छ । यसको लागि निम्न लिखित सुरक्षा सतर्कता अपनाउनु जरुरी छ ।

१. ड्राइभर, कन्डक्टर तथा हेल्परको कोरोना परीक्षण गर्ने ।
२. यातायातका साधनलाई बाहिर तथा भित्र दैनिक धुने, स्प्रे गर्ने तथा ढोका, ह्यान्डल, सिट आदिलाई दिनमा पटकपटक संक्रमणरहित बनाउने ।
३. पुराना फोम तथा कपडा भएका सिटलाई निकालेर सिन्थेटिक वा प्लास्टिकका सिट बनाउने । यसो गर्दा सफाइ गर्न सजिलो हुन्छ ।
४. घटीमा पनि १.५ मिटरको दूरी कायम हुने गरी सिट प्लान गर्ने ।
५. यातायातका साधनमा अनिवार्य रूपमा ह्यान्ड स्यानिटाइजर राख्ने ।
६. ड्राइभर तथा सहयोगीले अनिवार्य रूपमा सही तरिकाले मास्क, पञ्जा, चश्मा तथा फेस शील्डको प्रयोग गर्ने, पटकपटक ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने, नथुक्ने, चिच्याएर कुरा नगर्ने ।
७. प्रवेश गर्न एउटा ढोका र बाहिर निस्किन अर्को ढोका प्रयोग गर्ने ।
८. सबै झ्याल अनिवार्य रूपमा खोल्ने ।
९. पहिलो महिना सिट क्षमताको ३० प्रतिशत मात्र प्यासेन्जर राख्ने ।
१०. स्टपमा मात्र चढ्ने तथा ओर्लिने व्यवस्था गर्ने ।
११. चढ्दा तथा ओर्लिंदा हतार नगर्ने, एक एक जनाको दूरी कायम हुने गरी चढ्ने तथा ओर्लिने, ढोकाको मुखमा तथा बस स्टपमा दूरीको ख्याल गर्ने ।
१२. प्यासेन्जरले सही तरिकाले मास्क लगाउने, चश्मा लगाउने तथा स्यानिटाइजर पटकपटक प्रयोग गर्ने, बसमा जथाभावी नछुने, छोएपछि हात सफा गरिहाल्ने तथा नाक मुख र आँखालाई नछुने, व्यक्तिगत दूरीको ख्याल गर्ने ।
१३. आधा घण्टासम्मको दूरीमा बस प्रयोग नगर्ने, हिँड्ने । हलुका र शरीर छोपिने कपडा लगाउने ।
१४. सुरक्षित यात्राको लागि प्रत्येक बसमा अनुगमन गर्न र मिलाउनका लागि एकजना सुरक्षाकर्मीको व्यवस्था गर्ने ।
१५. दुई महिना माइक्रोबस नचलाउने, माइक्रोबसमा व्यक्तिगत दूरी असम्भव हुन्छ ।
१६. ज्वरो, रुघा तथा खोकी लागेका व्यक्तिलाई सार्वजनिक बसमा नचढ्ने ।
१७. प्यासेन्जर तथा चालक समूहले गन्तव्यमा पुगेपछि साबुनपानीले मिचीमिची हात धुने लगायतका सरसफाइ गर्ने ।
१८. बालबालिका, गर्भवती, सुत्केरी, दीर्घबिरामी तथा जेष्ठ नागरिकले सकभर यो दुई महिना सार्वजनिक यातायातको प्रयोग नगर्ने ।
१९. पैसाको क्यासलेस कारोबार गर्ने, त्यो सम्भव नभएमा खुद्रा मिलाएर दिने, फिर्ता नलिने ।
२०. बसमा थर्मल गन ( ज्वरो नाप्ने) ले प्यासेन्जरको तापक्रम नाप्ने । बसभित्र स्यानिटाइजर राख्ने । मास्क नलगाएका व्यक्तिलाई बस चढ्न नदिने ।

*डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ, शोधकर्ता हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमण घट्नुको कारण के हो ? जोखिमलाई कसरी न्यूनीकरण गर्ने ?

काठमाडौंमा कोरोना जोखिम बढ्नुका कारणहरु र समाधानका उपायहरु : डा. रवीन्द्र पाण्डे

ढलमा कोरोना देखियो भनेर आत्तिनु पर्दैन : डा. रवीन्द्र पाण्डे

काठमाडौंको ढलमा कोरोना भाइरस देखिएको बारेमा डा. रवीन्द्र पाण्डेको धारणा

विश्व र नेपालमा कोरोना संक्रमणको अवस्था कस्तो छ ? कसरी बच्न सकिन्छ ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !