५ जेष्ठ २०८१, शनिबार

नेपालमा काम हुँदाहुँदै युवा किन पलायन हुदैछन् ?


विदेश रोजगार
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हाम्रा युवाहरु नेपालमा जागिर गर्न सक्दैनन् किनकि विदेशीले महिनाको लाख दिनछन् भने १५,२० को जागिर कसले गर्न सक्छ । अर्को रोचक कुरा नेपालमा जागिर गर्दा इज्जत जाने सम्भावना पनि बढी हुन्छ यसको ठोस् कारण हो शिक्षा ।

विदेशमा कामको कदर हुन्छ शिक्षाको हुदैन । आज नेपाली पलायन हुनु पनि दुर्त शिक्षा भन्दा खासै फरक छैन । अलि कति अंग्रेजी बोल्ने मान्छे धेरै शिक्षित भन्ने चलन नेपाली समाजमा धेरै देखिन्छ ।

पोखरातिर जाने हो भने माग्ने बुढाले Give me money भनेको सुन्न सकिन्छ । उनीहरूलाई यसको वास्तविक अर्थ नै थाहा नहुन सक्छ । त्यसैले नेपालीलाई अंग्रेजी शिक्षा बन्चित बनाउन सक्नु पर्छ र मात्र नेपाली युवा विदेश पलायन हुनबाट रोकिने छन् ।

नेपालमा व्यापारबाट आम्दानी कम हुन्छ भन्ने मानसिक्ता ज्यादै बढ्दै आएको छ । यस्तो मानसिक्ता जाग्नु पनि स्वाभाविक हो किनकि नेपाली बजार छिमेकीले चलाएको देखिन्छ । नेपाली जोखिम उठाउन जान्दैनन् र सक्दैनन् पनि ।

नेपालमा पैसा प्रशस्त छ तर उठाउने मान्छेको अभाव छ । पढेको मान्छे के सानो काम गर्ने भन्दै ठूलो कामको खोजीमा विदेश पलायन हुन सक्छ । तर यहाँको भन्दा घटिया काम गरेर फर्केका थुप्रै घटना हामीले सुन्न सक्छौं ।

काम सानो होस् या ठूलो पैसासंग मतलब गर्न जान्न सक्नुपर्छ । पैसा आउने काम नेपालमा थुप्रै देख्न सकिन्छ । आज भारतीयहरू जडिबुटी बेचेर लाखौं कमाएर विदेशमा ठुलाठुला महल बनाएका हामी देख्न सक्छौं ।

सानोतिनो काम गर्न मन नपाउने भनेका को भनेर कसैले सोध्छ भने पहिलो स्वर हुनेछ नेपाली । नेपाली भ्रष्टाचार गर्न सक्छन् तर झुकेर काम गर्न सक्दैनन् । नेपाली अरूलाई सहयोग गर्न सक्छन् तर स्वयम् केहि गर्न सक्दैनन् ।

अबको समय भनेको रोजगारको समय हो हामीले आफुले गर्न सक्ने खालको तालिम लिएर काम गर्छौ भने हामीले अबको समयमा सफल अवश्य हुनेछौ । काम यस्तो गरौं जसले राम्रो आमदानी होस् । नेपालमा जडिबुटी खेती, तरकारी खेतीबाट पनि मनग्गे आम्दानी गर्न सक्ने छौं ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !