१९ बैशाख २०८१, बुधबार

काठमाडौं उपत्यकामा भदौ २४ देखि निषेधाज्ञा हट्ने संकेत


निषेधाज्ञा

काठमाडौं,  भदौ २३। काठमाडौं उपत्यकामा नेपाल सरकारले भदौ २४ देखि निषेधाज्ञाको अवधि थप नगर्ने योजना बनाएको संकेत देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले काठमाडौं उपत्यकामा अहिलेकै स्वरुपमा अब निषेधाज्ञाको अवधि थप नहुने संकेत गरेका छन् ।

सत्तारुढ नेकपाको डेढ महिनादेखि स्थगित स्थायी कमिटी बैठक भदौ २६ गते आयोजना गरेर प्रधानमन्त्री ओलीले २४ पछि निषेधाज्ञा अन्त्य हुने संकेत दिएका थिए । सोमबार बिहान नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच भएको छलफलपछि स्थायी कमिटी २६ गते राख्ने सहमति भएको हो ।

प्रधानमन्त्री ओलीले निषेधाज्ञा अन्त्य भएपछि मात्र स्थायी कमिटी बैठक आयोजना गर्ने भन्दै आएका थिए । यसअघि आइतवार आयोजित व्यवसायीहरूसँगको छलफलमा पनि प्रधानमन्त्री अब नागरिकको जीवन र व्यवसाय पनि बचाउने गरी ‘मध्यमार्गी बाटो’ खोज्ने बताएका थिए ।

छलफलका क्रममा निषेधाज्ञा हटाएर व्यवसाय सञ्चालन गर्न दिने विषयमा आफू सकरात्मक रहेको प्रधानमन्त्री ओलीले बताको छलफलमा सहभागी उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिएका थिए ।

 

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !