२ कार्तिक २०८१, शुक्रबार

कालीगण्डकीद्वारा राहत सामग्री वितरण


स्याङ्जा, १९ चैत । कालीगण्डकी गाउँपालिकाले राहात सामग्री वितरण गरेको छ । कोभिड १९ को संक्रमणबाट बच्न र यसको रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेपछि दैनिक ज्याला मजदूरी गरेर बिहानबेलुकाको छाक टार्ने र अतिविपन्न घर परिवारका लागि चामल, दाल र नून राहतस्वरुप वितरण गरिएको हो ।

गाउँपालिकाका १८० अतिविपन्न घरपरिवारलाई राहतस्वरुप खाद्य सामग्री वितरण गर्ने योजनानुसार मङ्लबारदेखि राहत वितरणको शुरुआत गरिएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । थापाले भन्नुभयो “अतिविपन्न घरपरिवारलाई परिवारको संख्या हेरेर घरघरमै पुगेर खाद्यान्न वितरण गरेका छौं ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !