८ बैशाख २०८१, शनिबार

थाहा पाउनुहोस्, स्वस्थ दूधवाट हाम्रो बच्चाहरुमा हुने फाइदाहरु


दूध

एजेन्सी । स्वास्थ्यको लागि हरेक कुराहरु ख्याल गरिरहेका हुन्छौं । तर सा-सानो बच्चाहरुको लागि पनि त्यो भन्दा बढी ख्याल गर्नुपर्ने हुन्छ। हामी बच्चाहरुको लागि विभिन्न खालका दुधहरु खुवाउने गर्छन् । स्वस्थ दूध पिउने बच्चाहरु बोसोयुक्त अर्थात चिल्लो पदार्थ बढी भएको दूध पिउनेहरूको तुलनामा बढी वजन अर्थात मोटोपनको संभावना कम हुने एक अध्ययनले देखाएको छ । हालै सार्वजनिक गरिएको एक अध्ययनले “होल मिल्क” अर्थात् स्वस्थ दुध पिएका बच्चा कम तौल अर्थात मोटोपनको संभावना कम हुने गरेको पाइएको छ । सेन्ट माइकल अस्पताल अफ युनिटी हेल्थ टोरन्टोको नेतृत्वमा भएको एक अध्ययनपछि ‘अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशन’मा उक्त अध्ययन प्रतिवेदन प्रकाशित छ । चिल्लो पदार्थयुक्त दुध पिउने बच्चाहरुको तुलनामा स्वस्थ दुध पिउने बच्चाहरुमा मोटोपना र बढी तौलको समस्या ४० प्रतिशत कम हुने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । अध्ययन प्रतिवेदन सात फरक फरक देशका २८ ओटा अध्ययनको विश्लेषण गरेर तयार पारिएको जनाइएको छ । ती प्रतिवेदनहरुमा गाईको दुध सेवन र बालबालिकाको वजनको बीचमा तुलनात्मक अध्ययन गरिएको थियो । ती अध्ययनमा २१ हजार बालबालिकालाई सहभागी गराइएको थियो । ती मध्ये अधिकांश क्यानडा र अमेरिकाका बालबालिका रहेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !