६ बैशाख २०८१, बिहिबार

यस्ता छन्, खाना खाने बित्तिकै गर्न नहुने कामहरु


एजेन्सी, हामीले हरेक कुराहरु ख्याल गर्नु पर्ने हुन्छ आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नको लागि अन्यक उपायहरु अपनाउनु पर्छ हरेक कुराहरु खान, पिउनदेखि लिएर अन्य कुराहरु पनि ख्याल गर्नुपर्ने हुन्छ वश्यक छ । खाना खाने बित्तिकै धुम्रपान गर्ने ब्यक्तिलाई ग्यास्ट्राइटिसको समस्या निम्त्याउँछ र पेटसम्बन्धी रोगहरु उत्पन्न गराउँछ । खाना खाएको तुरुन्तै फलफूलको सेवनले खानलाई दुषित गर्छ जसले शरीरमा उर्जा ९शक्ति० कम गर्छ । त्यसैले फलफूल खाँदा खाना खाएको आधा घन्टा पछि मात्र खानु उचित हुन्छ । चिया तथा कफिमा एसिड बढी हुने भएकाले यसले शरीरमा प्रोटिको मात्रालाई नोक्सान पुर्याउँछ । जसका कारण खाना पचाउनमा समस्या निम्त्याउँछ । खाना खाएको तुरुन्तै नुहाउँदा हात, खुट्टा तथा शरीरको अन्य भागमा रगतको प्रवाह बढ्छ र पेटको चारैतिर रगतको मात्रा कम हुन्छ जसले डाइजेस्टिव सिस्टमलाई कमजोर बनाउँछ ।

मर्निङवाक गर्नु त राम्रो हो तर खाना खाएर भन्दा हल्का खाना खाएको आधा घन्टा पछि मात्र मर्निङवााक गर्नु राम्रो हुन्छ जसले पेटमा एसिड बनाउन सक्दैन र शरीरलाई फाइदा गर्छ । खाना खाने बित्तिकै ब्रस गरेमा दाँतको एनामेल कमजोर हुन्छ र दाँत समबन्धी समस्या निम्त्याउँछ । खाना खाएको तुरुन्तै सुत्ने गर्नाले पाचन शक्ति कमजोर हुनुनका साथै मुटु पोल्ने र ग्यास्टिकको समस्या निम्त्याउँछ । खाना खाने बित्तिकै हिडडुल नगर्नुहोस् । यसले तपाइँको शरीरमा रगत प्रवाहमा असर पार्छ । त्यसैले खाना खाएको आधाघण्टा पछि मात्र हिड्नु उचित हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !