कुनैपनि पेय पदार्थ होस् वा खाना तातो खाने बानी छ भने आजैबाट त्यागौ । नत्र भोजन नलिई जल्नाले थुप्रै समस्या झेल्नुपर्ने हुन सक्छ । आजकाल भोजन गर्दा टेलिभिजन हेर्ने, गफ गरेर खाने बानी छ भने यसले ग्याष्ट्रिक बनाउन सक्छ ।
खाना खाँदा शेलीभरी ग्लेण्डबाट निस्कने रस भोजनसंग नमिसिएमा पाचन प्रणालीमा असर हुनाले पाचन क्रियामा गडबड हुन सक्छ । हामीले पाकेको धेरै र काँचो कम खाने बानी छ, यसले हामीलाई चाहिने क्यालोरी कम हुने सम्भावना बढि हुनाले स्वास्थ्यमा ठूलो असर हुन सक्छ ।
सुगरको रोग लागेको छ, दुब्लाउदै जानुभएको छ, मिठाइ खाने गर्नुस् किनकि तपाईको शरीरले मिठो पदार्थको खोजी गर्दैछ भनेर बुझ्नुपर्छ ।
आजकल रक्सी खाँदा होस् वा बियर खाँदा होस्, मासुसँग होइन फलफूलसंग खाने गर्नुस्। यसले नसा कम लाग्ने हुन्छ । तर मासुसंग खानाले क्यान्सरसम्म हुने र रक्सी बढी लाग्ने हुनाले स्वास्थ्यमा ठूलो असर हुनसक्ने विज्ञहरूको भनाई छ ।
रातो चिया पिउनेहरूको भन्दा दूधको चिया पिउनेहरूलाई पत्थरी बढी हुने गरेको पाइएको छ । नेपालमा पत्थरी बच्चादेखि बृद्धसम्मलाई देखिएको छ । खाना खाँदा हमेसा यस्ता कुरामा ध्यान दिन सके रोग नै नलाग्न सक्छ भन्ने कुरा चिकित्सकहरूको सुझाव छ ।
साग होस् वा मासु उमालेर खाने बानी बसालौं । यसले स्वास्थ्यमा त्यति हानी नगर्ने भनेको छ । पुरूषको तुलनामा महिलालाई मासुको आवश्यक बढी हुने गरेको पाइएको छ । रक्सी सेवन गर्नेहरुको सेक्स कमजोर हुदै जाने कुरा पत्ता लागेको छ । यदि यौन सन्तुष्टि र दाम्पत्य जीवन राम्रो होस् भन्ने चाहना भए रक्सी त्यागौ भन्ने हाम्रो सुझाव छ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।