७ बैशाख २०८१, शुक्रबार

ज्वानोको प्रयोगले मानव स्वास्थ्यमा देखिने चमत्कारिक फाइदाहरु !


वाथ पित्त र कफ बिग्रेमा अनेकौं रोग लाग्ने हुन्छ । यदि हामीले प्रात उठेर हातमुख धोइसकेपछि ज्वानोको पानी पिउछौ भने अनेकौं रोग निको बनाउन सक्ने छौं । एलोपैथिकमा हरेक रोगको उपचार फरक फरक हुने गरेको हुन्छ तर आयुर्वेदमा भने अनेकौं रोगको उपचार एउटै औषधि बाट गर्न सकिन्छ ।

आज मैले थाइराइड हर्मोनको उपचार ज्वानोको पानी नियमित सेवन गरेमा यो रोग शान्त हुने कुरा प्रकाश पार्न गइरहेको छु । ज्वानोमा यति धेरै ताकत छकि यसले एक्लै १०० भन्दा माथिका रोगहरू ज्वानोको सेवनबाट निको बनाउन सकिने छ । ज्वानो सर्बरोग नासक औषधिको रूपमा हामीले प्रयोग गरेर लाभ लिन सक्नेछौं ।

आमाको दूध नआएमा हामीले ज्वानो पानी दिने गर्दछौं । ज्वानोको सेवन गर्नाले दूध पलाउने क्षमता ज्वानोमा हामी पाउदछौं । ज्वानो हाम्रो भान्सामा हुने गरेको छ । ज्वानोको उपयोग हामीले नियमित गर्ने तरिका जानेर यस्को उपयोग गर्न सिक्नुपर्छ । हरेक घरमा खानामा ज्वानो समावेस गर्न सके यसबाट ठूलो उपलब्धि हुनेछ ।

ज्वानो तरकारी पकाउदा तरकारीमा राखीदिनाले मात्र हाम्रो स्वास्यमा ठूलो परिबर्तन ल्याउन सक्छ । आज हरेक घरमा थाइराईडका बिरामी,अम्लपित्तका बिरामी, पेट सम्वन्धी रोगका बिरामी,क्यानसर रोगका बिरामी,ब्लड प्रेसरका बिरामी, ब्लड सुगरका बिरामी यो जस्ता सयकडौं बिरामीलाई ज्वानोले निको बनाउन सक्छ भन्दा विश्वास नहुन सक्छ ।

हरेक बिरामिको जड भनेको बाथ,पित्त र कफ हो यो सवै सिंगल ज्वानोको साहेताबाट निको बनाउन सकिने छ । ज्वानो हामीसंग छ तर यसको उपयोग गरेर फाइदा उठाउन हामी सकि रहेका छैनौं यो भन्दा ठूलो दुर्भाग्य अरू के हुन सक्छ ।

आज सवै हामीसंग हुँदा-हुँदै हामी रोगको दलदलमा फस्दै छौं । विदेशीको इसारामा हामी नाच्न सिपालु छौं तर हामीले आफ्नो उत्पादन खान जानी रहेका छैनौं । रोग लाग्छ तर रोगनै लाग्न नदिने औषधि हाम्रो भान्सामा छ । हामीले खाने तरकारीमा थोरै ज्वानो राखि दिए पुग्छ ।

यति मात्र गरे अनेकौं रोगबाट हामीलाई ज्वानोले बचाउन सक्ने देखिन्छ । ज्वानोलाई औषधिको राजा मानिएको छ । आयोडिन युक्त नुन हरेक घरमा छ तर हरेक घरमा थाइराइडका रोगी बढ्दो क्रममा छ । आयो नुन दिएर मात्र सम्भव छैन त्यसलाई कसरी खाने भन्ने कुरा नजान्नाले मानिसहरू थुप्रै रोगको सिकार हुदैछन् ।

आयोडिन युक्त तत्वको अभावमा यसले ठिक गर्ला तर आयोडिनको कमी नभएका व्यक्तिले आयिडिनको सेवन अधिक गरे क्यान्सरसम्म हुन सक्छ । यो सबैलाई हटाउन ज्वानोले राम्रो भुमिका निभाउने छ । हरेक व्यक्तको भान्सामा औषधि छ तर प्रयोग गर्ने तरिकाको अभावमा मान्छे पछि परेको नकार्न सकिदैन । त्यही कारण नेपालीले खान जान्दैनन् भनेका रहेछन् ।

आउनुस् आज ज्वानोको प्रयोग कसरी गर्ने भन्नेकुरा सिकेर भान्सालाई हस्पिटलमा रूपान्तरण गरौं । परिवार निरोग भए समाज निरोग हुन सक्छ । समाज निरोग भए सिंगो राष्ट्र निरोग हुन सक्छ । यस्ता कुरा हरेक घर घरमा पुग्न जरुरी छ । हामीसंग सवै छ तर हाथ थाप्ने परम्परा जीवित छ । यस्ता बानीलाई सुधार नगर्दासम्म देश र जनता कदापि अघि बढ्न सक्ने छैनन् ।

हरेक नेपालीलाई जबसम्म जिम्मेवारीबोध हुदैन तबसम्म नेपाली नत निरोगी हुनेछन् नत देशको विकासमा हाते मालो गर्ने छन् । आज भारत लगायत विश्वका अधिकांश देशले हर्बल औषधि प्रयोग गरेर आफु निरोग हुन सफल भएका छन् । अब हामीले पनि यस्ता विषयमा ध्यान दिन आवश्यक छ ।

१. पेटको समस्या

अजवाइन (ज्वानो), सिधे नुन आवश्यकता अनुसार, हर्रो चूर्ण समभाग लिने । यो चूर्णलाई १ देखि २ ग्रामको मात्रामा मनतातो पानीसंग के सेवन गर्ने । यसको सेवनले पेट दुख्ने समस्या ठिक हुन्छ ।

२. मासिक धर्मको समस्या

३ ग्राम जति ज्वानो गर्म दूधसंग बिहान बेलुका सेवन गर्नाले मासिक धर्म ठिक समयमा हुन थाल्दछ ।

३. ज्वानोको काढा सेवन गर्नाले रूघा ठिक हुन्छ । यो औषधि ठिक नहुँदासम्म खानुपर्छ ।

४. २ ग्राम ज्वानोमा आधा ग्राम सानो पिप्पली राखेर पकाएको काढ़ा ५ देखि १० मिली सेवन गर्नाले खोकी रूघा र ज्वरो निको बनाउदछ ।

५. ज्वानोको ३ ग्राम मसिनो चूर्ण दिनमा २ पटक महिमा राखेर सेवन गराउनाले पेटमा भएका जुका चुर्णा मार्दछ ।

६. ज्वानोको चूर्ण २ ग्राममा थोरै बिरेनुन राखेर दिनमा २ पटक सेवन गराउनाले अपच, वाथ, पेटका सवै प्रकारका किरा मार्दछ । पेट फूल्ने, पेट दुख्ने समस्या ठिक हुन्छ ।

७. यदि कसैलाई पिशाब सम्वन्धी समस्या देखिएमा २,४ ग्राम ज्वानो गर्म पानी सित सेवन गर्नाले पिसाबको समस्या हल हुन्छ ।

८. साना ठूला महिला पुरुष सबैलाई ज्वानोको फाइदा समान देखिन्छ । अपच र ज्वोेरोको कारण भएको समस्यामा १० ग्राम जति ज्वानोलाई १२५ ग्राम जति पानीमा राखेर भिजाउने र भिजेपछि त्यसलाई मिचेर छानेर विहान बेलुका सेवन गर्नाले ज्वरो समेत उतार्दछ ।

९. इंफ्लुएंजा (शीतज्वरो) मा २ ग्राम जति ज्वानो विहान बेलुका खान दिनुस् ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !