८ मंसिर २०८१, शनिबार

होशियार ! चिसोमा रक्सी सेवन गर्ने बानी छ, एकपटक पढ्नुहोस्


रक्सी सेवन

मौसम चिसो छ चिसो मौसममा के खाने भन्ने कुरा धेरैको सोच फरक हुन सक्छ । धेरैलाई विश्वास छ, शरीर तताउन दुई घुट्की रक्सी पर्याप्त हुन्छ । के तपाई पनि यस्तो विश्वासमा हुनुहुन्छ ? हुनुहुन्छ भने आजैदेखि यो भ्रमबाट मुक्त हुनुहोस् । रक्सी सेवनबाट क्षणिक आनन्द मात्र हो दीर्घकालीन होइन ।

वास्तवमा रक्सी सेवनले शरीरको तापक्रम बढाउन होइन, घटाउन मद्दत गर्छ । शरीरको तापक्रम घटेपनि अल्कोहलका कारण तपाईंलाई गर्मी बढेको महसुस भने हुन सक्छ । रक्सी सेवनले शरीरका अन्य स्वस्थ क्रियाकलापलाई जस्तै चिसोमा शरीरको तापक्रम उच्च राख्ने प्रक्रियालाई पनि अवरोध पुर्‍याउँछ ।

थोरै मात्र रक्सी सेवनले पनि शरीरको तापक्रममा कमी ल्याउन सक्छ । शरीरको तापक्रम घटिरहँदा हामीलाई भने गर्मी महसुस कसरी हुन्छ त ? अल्कोहल सेवनपछि शरीरका रक्तनली सुन्निने गर्छ । स्वास्थ्यको दृष्टिकोणले रक्सीको सेवन नितान्त गलत छ । हाम्रो स्वास्थ्यमा सवैभन्दा ठूलो भूमिका जिब्रोले खेलेको छ ।

आजकल पार्टी होस या कुनैपनि कार्यक्रममा रक्सी छैन भने त्याहा जानुको कुनै औचित्य छैन भन्ने अनेकौं कुरा रक्सी सेवन गर्ने पारखीको मुखबाट सुन्न सकिन्छ । स्वास्थ्यको दृष्टिकोणले कुनैपनि हालतमा रक्सी ठिक भन्नु गलत छ । हामीले येही विषयमा केही अध्ययन गर्ने कोशिश गरेका थियौं नेपालीको आमदानीको ६५% रक्सी र मनोरञ्जनमा खर्च भएको देखिन्छ ।

समय छदै यो कुरामा ध्यान दिन सके थुप्रै घर परिवार यो लतको कारणले बर्बाद हुनबाट रोक्न सकिने छ । आज सरकारले पनि यसतर्फ ध्यान दिएर यस्तो लतको सेवन गर्ने निश्चित समय तोक्नुको साथै रक्सी सेवन गर्नेलाई परिचयपत्र वितरण गर्न सके केहि कमी हुन सक्ने अनुमान गर्न सकिन्छ ।

कसरी जोगिने ?

१. जाडो याममा प्रशस्त झोल पदार्थ र पानी खानुपर्छ,

२. मदिरा सेवन नगर्ने यदि गरी हालेमा घरभित्रै न्यानो वातावरणमा बसेर सेवन गर्ने ।

३. धेरै समय चिसोमा नबस्ने ।

४. रक्सी सेवन गर्दा फलफूलसंग मात्र सेवन गर्ने मासुसंग सकेसम्म सेवन नगर्ने ।

५. रक्सीको अत्यधिक सेवनले लिभर ड्यामेज हुने खतरा बढि हुनाले सकेसम्म बच्ने ।

रक्सि छोडाउने उपचार

१. Go Tox Drops (Homeopathic Medicine)

15 drops tds with water 2 times day

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !