८ बैशाख २०८१, शनिबार

यस्ता छन् चियामा पाइने कैफिनका नकारात्मक असरहरू


चिया

कैफिन चियामा पाइने एक प्रकारको बिष हो । यसको प्रभाव तमाखुमा पाइने निकोटिन समान हुन्छ । यसले मुटुको धड्कनलाई बढाऊछ र कहिलेकाही त ह्दयको धड्कन बन्द भई व्याक्तिको मृत्यु समेत हुन जान्छ । कैफिनकै प्रभावका कारण ब्यक्ति चिया काफीको लत बन्दछ ।

चिया पिउनाले कैफिनको कारण पिसावको मात्रा लगभग तीन गुनाले बृद्धि हुन जान्छ । तर यसबाट शरीरको दुषित पदार्थ जुन शरीरको शुद्धिको लागि पिसाद्वारा बाहिर निस्कन आवश्यक छ, त्यो निस्किंदैन शरीरभित्रै जम्मा भईरहन्छ ।

फलस्वरुप यस्ता व्यक्तिलाई- गठियाबात, किडनी तथा मुटु सम्बन्धि रोगको शिकार हुनुपर्दछ । अचेल ह्दय तथा रक्त वाहिनि नली सम्बन्धि रोगबाट पीडित व्यक्तिहरुको संख्यामा दिनानुदिन बृद्धि भईरहेको छ । यसको मुख्य कारण चियाको बढ्दो प्रचलन हो ।

स्वास्थ्य विशेषज्ञहरुको भनाई अनुसार जब चिया बढि मात्रामा सेवन गरिन्छ भने टेनिनको कारण पेटमा गडबडी उत्पन्न हुन्छ । जसको फलस्वरुप पेट दुख्नु, पेट फुल्नु, अपच हुनु, लिभर कमजोर हुनु, कब्जियत हुनु, मुटुको गति अनियमित हुनु, निन्द्रा न लाग्नु, स्मरण शक्ति कमजोर हुनु जस्ता समस्या व्यक्तिमा प्राय: देखिन्छ ।

यसै प्रकार दुध हालेको चियाले पेटमा नराम्रो प्रभाव पार्दछ र पाचन क्रियालाई क्षति पुर्याउछ । चियामा भएको कैफिनले ह्दयमा नराम्रो प्रभाव पार्दछ । हुनत हामीले जुनसुकै वस्तुको अत्यधिक सेवन बढी गर्दछौं भने त्यसले असर नगर्ला भन्न सकिदैन ।

बढी मात्रामा चिया पिउनेहरूमा अर्को जटिल समस्या भनेको टाउको दुख्ने समस्या बढी देखिने गरेको हामी पाउछौं । कुनै पनि पदार्थको सेवन अधिक गर्दा समएमा पिउन नपाउदा टाउको दुख्न शुरु हुने गरेको हुन्छ । यस्तो समस्या आए दिन हामीले देख्ने गरेका छौं ।

यस्तो लतबाट बच्नु नै पहिलो उपचार हुनेछ । यो समय भनेको २१ औं शताब्दीको समय हो हामीले दूध राखेको चिया भन्दा रातो चिया पिउने बानी बसाल्न सके केही हदसम्म यस्तो समस्याबाट आफुलाई निकोटिनको असरबाट बचाउन सकिने देखिन्छ ।

उपचार

१. चियाको लतलाई क्रमश: हटाउदै जान सकेमा यो समस्या आफै ठिक हुनसक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !