७ मंसिर २०८१, शुक्रबार

लकडाउनमा महिलाले स्वादिलो अचार बनाए


बाजुरा, ७ असार । उद्यमशील महिला समूहले लकडाउनको समयलाई सदुपयोग गर्दै ‘मिक्स अचार’ उत्पादन गरेका छन् । बाजुराको सदरमुकाम मार्तडीमा रहेको मार्तडी साना किसान कृषि सहकारी संस्था लिमिटेडसँगको सहकार्य र दिदीबहिनी उद्यमशील समूहको सक्रियतामा स्थानीय सामग्रीको प्रयोग गरी अचार उत्पादन गरेका हुन् ।

चोतो, मूला, गाजर, लसुन, प्याज र खुर्सानी मिलाएर अचार उत्पादन गरेको समूहकी अध्यक्ष कमलकुमारी शाहले जानकारी दिनुभयो ।

समूहका उपाध्यक्ष सीता बराल थापाले नौजना महिलाको समूह मिलेर पहिलो चरणमा तीन सय डिब्बा अचार उत्पादन गरेको बताउनुभयो ।

स्थानीय स्वादको सो अचार प्रतिकेजी रु तीन सयका दरले बिक्री मूल्य राखिएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मीनप्रसाद जैसीले अगामी दिनमा समूहलाई आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो । उत्पादित अचारको बजार विस्तार र थप सीप विकासमा बडिमालिका नगरपालिकाले सहयोग गर्ने उपप्रमुख कविता बिष्टले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !