१५ बैशाख २०८१, शनिबार

आफु सुत्ने खाट मुनि राख्न्न नहुने यी चीजहरु


वास्तशास्त्र अनुसार सुत्ने कोठा

एजेन्सी, केही सामाग्रीहरु यस्ता छन् । जुन खुट्टा लाग्ने ठाउँमा खुट्टा मुनी राख्न नहुने वास्तु शास्त्रमा उल्लेख गरिएको छ । जुन वस्तुहरु राख्दा हामी बेवास्ता गर्छौ त्यसको दोष पनि त्यस्तै किसिमको हुने पाईएको छ । जसले गर्दा राती निन्द्रा नलाग्ने शरिरमा विभिन्न किसिमका समस्याहरु देखा पर्ने गर्छ । त्यसकारण आफु सुत्ने खाट मुनी राख्न नहुने सामानहरुको कारण आएको समस्याबाट छुटकारा पाउने केही उपायबारे जानकारी दिने छौँ ।

सुत्ने खाट मुनि बढी ओजन भएका सामाग्रीहरु नराख्ने । जसको कारण फोहोर हुने भएको भन्दै धातु सहित खिया लाग्ने चिजहरु समेत खाट मुनी राख्नु हुँदैन् । नकारात्मक उर्जा उत्पन्न गर्ने चिजहरु आफु सुत्ने खट मुनी राख्नु हुँदैन् । जसको कारण मनमा धेरै कुरा खेल्ने देखि लिएर निन्द्रा नलाक्ष्ने जस्ता समस्या उत्पन्न हुन्छ । नकारात्मक उर्जा दिने सामाग्रीहरु राख्दा मनमा गलत भावना पैदा हुने र अविवाहित व्यक्तिको मनमा नकारात्मक भावना पैदा हुने र विवाह पश्चात पनि यस्ता कुराहरुले समस्या उत्पन्न हुने भएको कारण विशेष ध्यान दिनु जरुरी छ । खाट मुनि फोहोर राख्नु हुँदैन् । सुत्नको लागि खाटमा प्रयोग गरिएका हरेक सामाग्री सफा हुनुपर्छ । वस्तु शास्त्रमा उल्लेख गरिएका यी सामाग्रीहरुको कारण देखा परेको दोषको प्रकोप पर्ने र छोरा छोरीको विवाह समेत नहुने स्थिती आउने भएकाले यस्ता सामानहरु हटाउनु पर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !